Nepali News Portal

बजारका हल्ला गलत हुन्, चुनावपछि मात्रै पार्टी एकता हुन्छ : प्रचण्ड

0

चितवन, कात्तिक २७
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावअघि नै पार्टी एकताको हल्ला गलत भएको बताएका छन् । उनले अहिले बजारमा आएजस्तो चुनावअघि नै पार्टी एकता नहुने र चुनावपछि मात्रै एकताको प्रक्रिया अघि बढ्ने बताएका हुन् ।

चितवन क्षेत्र ३ अन्तर्गत पश्चिम चितवनमा मतदाताको घरदैलो तथा चुनावी प्रचारमा व्यस्ता रहेका दाहालले आज पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै चुनावपछि मात्रै नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको ठोस कदम अघि बढ्ने बताए ।

त्यसक्रमा उनले उनले विचार मिल्ने पार्टीबीच एकता आवश्यक भएको औंल्याउँदै आफूहरू सोही मर्मअनुरूप अघि बढेको बताए । चितवन क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका दाहालले यसपटक आफ्नो प्रतिस्पर्धी कोही नरहेको जिकिरसमेत गरे ।

यो पनि हेर्नुहोला:
Comments
Loading...