Nepali News Portal

करोडौ खर्चमा शिविर गर्दै शर्मा, सकेनन् आफ्नै अस्पतालको लापरबाहीले मृत्युको मुखमा पुगेकि सुत्केरीलाई उपचार गर्न

0

आभास फुयाल
विराटनगर, २५ कात्तिक २०७४
चुनावको मुखमा नि:शुल्क उपचार गराउदै नोबेल भन्ने खबर धेरै सुनियो होला । काङ्ग्रेसबाट मोरङ श्रेत्र न. ३ बाट चुनाव प्रचारप्रसारमा लागेका नोबेल मेडिकल कलेजका संस्थापक शुनिल शर्माले यो खबर पत्रपत्रिकामा छापेको धेरै भईसक्यो । तर आचारसंहिता विरुद्ध क्याम्प गर्दै ठाउँ ठाउँमा महान बन्दै हिड्ने शर्माले आफ्नै हस्पिटलको लापरवाहीले बिरामी मृत्युको मुखसम्म पुग्दा पनि वास्तै गरेनन ।

यो घटना गत भदौ को हो जब बच्चा डेलिभरीको लागि गत विराटनगर स्थित नोबेल अस्पताल पुगेका शाह दम्पती हस्पिटलको चरम लापरबाहीको कारण आमाको दूध खान नपाएर उनिहरुको बच्चा जन्मेको २१ दिनमा मर्यो । सन्जु शाहको हस्पिटलको लापरबाहीबाट २४ दिनमा ४ पटक अप्रेसन भयो । कहिले खुट्टाको त कहिले के को । उनको हस्पिटलको लापरबाहीले गर्दा कम्मर देखि मुनिको भाग मजाले चल्दैन । हस्पिटलको चरम लापरवाहीको कारण मृत्युको मुखमा पुगेकी शाहलाई हस्पिटलले बेड चार्ज र केही टेस्ट चार्ज बाहेक अन्यमा चर्को मूल्य लिएको र आफ्नो आर्थिक स्थिति न्यून भएको कारण हस्पिटलबाट बिरामी निको नभई निकाल्नु परेको शाहका श्रीमान पवन शाहले बताए । शाहले आफुले पाएको पिडा उनको फेसबुक प्रोफाइल मार्फत सेयर गर्दै नोबेल अस्पतालको लापरबाहीको बारे आवाज उठाएका थिए, तर यो आवाज तेसै दब्यो जब कि अहिले सोहि अस्पतालका संस्थापक शर्मा चुनावमा भोट पाउनका लागि विभिन्न ठाउँहरुमा क्याम्प गर्दै हिडेको खबर हामीले पढ्न पाईरहेका छौ ।

शाहका अनुसार श्रीमतीको उपचारमा गम्भीर लापरवाही भएको हो । ‘डेलिभरी अप्रेसन गराउनुभन्दा अगाडि नै डाक्टरहरुले कम्मरमा सुई लगाइदिएका थिए,’ शाहले भने, ‘अप्रेसन ठीकठाकै भएको हो, तर हेलचक्र्याइँ गरेर सुई लगाउँदा समस्या भयो ।’
बच्चा जन्मिएपछि रोएन । त्यसपछि बच्चालाई सिधै अस्पतालको आइसीयूमा राखियो । बच्चालाई १९ दिनपछि आइसीयूबाट निकालियो । तर १९ दिनमा आमाको अवस्था अत्यन्तै कमजोर भइसकेकोले दुध चुस्न सक्ने अवस्था थिएन । सोही कारणले बच्चाले दुध चुस्न समेत पाएन ।

बच्चा नजन्मनु अघि नै सन्जुलाई कम्मर दुख्ने समस्या थियो । तर सिकारु डाक्टरहरुले केही होइन आत्तिनु पर्दैन भनेर जवाफ फर्काए । ‘साह्रै दुखेपछि एमआरआई गरेर हेर्दा कम्मर देखि घुँडा सम्मको भागमा पिप जमेको रहेछ, सुरुमा अस्पतालले ख्याल नै गरेन,’ पवनले भने, ‘खुट्टा र घुँडाको अप्रेसन गर्यौं, त्यसपछि छाती नजिक पनि अप्रेसन भयो ।’
यता अस्पताल प्रशासनले चाहिँ सन्जुको यो अवस्था हुनुमा अस्पतालको कुनै पनि लापरबाही नभएको जनाएको छ ।

पिडित शाहले सामाजिक सन्जाल, पत्रपत्रिका तथा टिभिमा समेत खबर दिंदा कसैबाट सहयोग पाएनन् न त कुनै प्रशासनले उनलाई सहयोग गरे । शाहले “गरिब जनताले न्याय खोज्न कहाँ जानू” भनी प्रश्न उठाउँदा अहिले ३३ हजारलाइ नि: शुल्क उपचार गर्न सक्ने काङ्ग्रेसबाट उम्मेद्बारी दिएका सुनिल शर्माले किन आफ्नो हस्पिटलको लापरवाहीको कारण मृत्युको मुखमा पुगेका उनलाइ नि:शुल्क उपचार गर्न किन सकेनन् ?

यो पनि हेर्नुहोला:
Comments
Loading...