Nepali News Portal

जोशिला युवा सरसफाईमा निस्किँदा स्थानीय भने सहयोग गर्नको सट्टा पन्छिए

0

कोशी अनलाइन
विराटनगर, कात्तिक २५
सामाजिक संजाल फेसबुकमा विभिन्न ग्रुप बनाई सामाजिक कार्यमा अग्रसर हुने युवाहरुको संख्या बढ्दो छ । तिनै फेसबुक ग्रुप मध्ये विराटनगरका युवाहरुको ग्रुप “युनिटी फोर चेन्ज” पनि एक हो ।

हालै मात्र यस ग्रुपबाट करिब १६ जनाको समुहले विराटनगर महानगरपालिका वार्ड नम्बर १२, पान्चाली स्थित नहर सफा गरेको छ । महानगरपालिकाको ट्याक्टर सहयोग र ग्रुपका युवाहरुको प्रयासबाट नहर सरसफाई कार्यक्रम गरिएको हो ।

तर बिडम्बना सरसफाईका क्रममा जनचेतनाका लागि स्थानीयलाई नहरमा फोहर नगर्न आग्रह गर्दा वास्ता नगरी आफुले फोहोर नगरेको भन्दै स्थानीय पन्छिएको युवाहरुले बताए ।

अभिषेक घिमिरे, विक्रान्त बस्नेत र सिरिश कोइरालाको अगुवाइमा खोलिएको फेसबुक ग्रुप “युनिटी फोर चेन्ज”मा अहिले ३० जना जति एक्टिभ युवाहरु रहेका छन् ।

युवाहरु मिलेर नै परिवर्तन सम्भव छ भन्ने उदेश्यसहित आफुहरुले समूहको सुरुवात गरेको अभिषेकले बताए । हालसम्म उक्त ग्रुपमा विराटनगर तथा विराटनगर बाहिरका युवाहरु सहित ३ हजारको हाराहारीमा एक्टिभ छन् ।

यो पनि हेर्नुहोला:
Comments
Loading...