दिल्लीमा विषाक्त तुवाँलोले जनजीबन प्रभावित

0

 

कार्तिक, २४ /बाक्लो, कालो प्रदूषित तुवाँलोले पुरै राजधानी ढाकिएपछि दिल्लीमा स्वास्थ्य आपत्काल घोषणा गरिएको छ।

दिल्ली विश्वकै सबैभन्दा प्रदूषित शहरहरुमध्ये एक हो।

त्यहाँ वायु प्रदूषणको स्तर विश्व स्वास्थ्य संगठनले तोकेको सुरक्षित स्तरभन्दा ७० गुणासम्म बढी पाइएपछि सबै विद्यालयहरु बन्द गरिएका छन्।

चिकित्सकहरुले दिल्लीको प्रदूषण स्तर भनेको दैनिक ५० खिल्ली चुरोट पिउनु बराबर भएको बताए।

गाडीबाट निस्किएका धूवाँ तथा छिमेकी राज्यहरु पञ्जाब र हरियाणामा कृषकहरुले फसल काटेपछि बाँकी बचेका ठुटाहरु जलाउने कामले पनि वायु प्रदूषण बढाएको जानकारहरुले जनाएका छन्।

साथै कम गतिको हावा, निर्माणस्थलबाट आउने धूलो, फोहोर जलाउने कार्य र चाडपर्वहरुमा पड्काइने पटाकाले पनि दिल्लीमा वायु प्रदूषणको स्तर बढाएको बताइएको छ। एजेन्सी

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW