Nepali News Portal

मतदाताको घरदैलेमा हिँडेका प्रचण्डसँग स्थानीयले राखे यस्तो माग

0

चितवन, कात्तिक २४

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक स्थायित्व र विकासका लागि अहिलेको निर्वाचन महत्त्वपूर्ण भएको बताएका छन् । वाम गठबन्धनबाट चितवन–३ का उम्मेदवारसमेत रहेका प्रचण्डले आज यहाँका मतदातासँगको भेटघाटक्रममा संक्षिप्त प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।

आफ्नो उम्मेदवारी पनि राजनीतिक स्थायित्व र समृद्ध राष्ट्र निर्माणका लागि भएको उल्लेख गर्दै उनले भने, ‘“यसैका लागि नै वाम गठबन्धन गरिएको हो ।’

आज बिहान भरतपुरको पासरनगरबाट घरदैलो अभियान सुरु गर्नेक्रममा अध्यक्ष प्रचण्डले जनताले विकास चाहेकाले आमसमुदायको चाहना पूरा गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरे ।

घरदैलोक्रममा प्रचण्डलाई स्थानीय मतदाता कृष्ण सापकोटाले गरेको प्रतिबद्धता पूरा गर्न आग्रह गरे । घरदैलोक्रममा अधिकांश मतदाताले बाटोघाटोको व्यवस्थापन र विकास गर्न आग्रह गरेका थिए ।

घरदैलोमा आइपुगेका दाहाललाई स्वागत गर्दै अर्का मतदाता सरस्वती पौडेलले घरअगाडिको भत्किएको बाटो देखाउँदै छिट्टै बनाइदिन आग्रहसमेत गरिन् ।

आजै शरदपुर हुँदै ३ नम्बर निर्वाचन क्षेत्रका विभिन्न गाउँमा घरदैलो कार्यक्रम गरिने माओवादी केन्द्र चितवनका इन्चार्ज ईश्वरी भट्टराईले जानकारी दिए । वाम गठबन्धनको अन्य निर्वाचन क्षेत्रका उम्मेदवारसमेत अहिले चुनावी घरदैलो अभियानमा सक्रिय छन् ।

यो पनि हेर्नुहोला:
Comments
Loading...