Nepali News Portal

‘अष्ट्रेलिया शैक्षिक मेला २०७४’ आजदेखि काठमाडौंमा सुरु

0

काठमाडौँ २४ ,कार्तिक / काठमाडौंमा अाजदेखि दुई दिने मेगा ‘अष्ट्रेलिया शैक्षिक मेला २०७४’ सुरु भएको छ । नेपाली विद्यार्थीलाई अस्ट्रेलियाको शिक्षा प्रणाली, भिसा प्रकृया र छात्रवृतिको विषयमा प्रर्याप्त सूचना प्रवाह गर्ने उदेश्यले शैक्षिक मेलाको आयोजना गरिएको आयोजकले बताए ।

बिहान साढे १० बजेदेखि काठमाडौंको दरवारमार्गमा अवस्थित होटेल अन्नपूर्णमा सुरु भएको यस मेलामा नेपालका उत्कृष्ट २५ वटा भन्दा बढी कन्सल्टेन्सिहरु सहभागी छन ।उक्त मेलाको (Presents) Queensford College, (In Association with) ग्रेश एजुकेसन र शिक्षा मन्त्रालयका प्रतिनिधीले संयुक्त रुपमा उद्घाटन गरिएको छ ।

‘हालको परिवर्तित भइरहेको वर्तमान परिवेशमा नेपाली विद्यार्थीलाई अस्ट्रेलियाको शिक्षा प्रणाली, भिसा प्रकृया र छात्रवृतिको विषयमा प्रयाप्त सूचना प्रवाह गर्ने उदेश्यले यस शैक्षिक मेलाको आयोजना गरिएको हो । यस मेलामा विभिन्न कलेज तथा युनिभरसिटिका प्रतिनिधिहरुबाट छात्रबृती समबन्धी जानकारी, IELTS मा उच्च अंक प्राप्त गर्ने लाइ प्रोसेस तथा करियर काउन्सेलिङ्ग लाई प्रमुखताकासाथ जानकारी गराइनेछ ।

 

यो पनि हेर्नुहोला:
Comments
Loading...