Nepali News Portal

पुर्वाञ्चल विश्वविद्यालयलाई नमुना बनाउँछु – भानुभक्त्त ढकाल

0

भानुभक्त्त ढकाल ने.क.पा एमालेका एक युवा नेता हुन । असल राजनीतिक चरित्रका युवा नेताका रुपमा चिनिएका नेता नेपालको राजनितिमा निकै चर्चामा छन । तेह्रथुमको ओख्रे गाविसमा २०१८ सालमा जन्मिएका ढकालले अनेरास्वयुको प्रारम्भिक कमिटिबाट राजनिति सुरु गरेका हुन । उनै ढकाल अहिले मंसिर २१ हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मोरङ–३ बाट उम्मेदवार बनेका छन् । उनको भिडन्त कांग्रेस नेता सुनिल शर्मासंग हुँदैछ ।

यसै सेरोफेरोमा रहेर नेता ढकालसँग कोशी अनलाइनकर्मी उत्तम पोख्रेलले गरेको कुराकानी:

चुनावी प्रचार प्रसार कसरी गरिरहनु भएको छ ?

जनताको घरदैलो सम्म पुगेर उहाँहरुका समस्या बुझदै बिकास निर्माणका कामलाई नियाल्दै क्षेत्र न.३ का सम्भावना र चुनौतिलाई नियाल्दै चुनावको तयारी गर्दै छु । बिहान उठेर होटलमा नभई मतदाताको घरमा गएर चिया खाने मेरो पहिलो काम हो ।

तपाइँका चुनावी एजेन्डा के–के हुन् ?

यसपटक म निर्वाचित भए वाम गठबन्धनले सार्वजनिक गरेको घोषणा पत्रअनुसार सम्पूर्ण काम गर्छु । यसको अक्षरसः पालना हुनेछ । यद्यपि, मेरा आफ्नै एजेन्डा पनि छन् । विकास निर्माणको गति यहाँ सुस्त छ । नयाँ जनप्रतिनिधि आएपछि केही काम भएका छन तथापी केन्द्रको आँखा क्षेत्र नं ३मा पुग्न सकेको छैन । विकास निर्माणका कुनै पनि काम समय सिमाभित्रै गराउने मेरो प्रथामिकता रहनेछ ।

क्षेत्र ३ मा रहेको अव्यवस्थित बसोबासलाई व्यववस्थित बनाउने छु । सबै भन्दा समस्याका रुपमा रहेको पुर्वाञ्चल विश्व विद्यालय हो । त्यहा केहि व्यक्तिले प्रलोभनमा पारेर आफना मेडिकल कलेज सुक्ने डरले त्यहाँ विकास हुन दिएका छैन । राज्यको लगानी खोलै खोला गईरहेको छ । गरीव जनताका छोरा छोरीले सर्वसुलभ तरिकाले पढन पाएका छैनन् । घरको भात खाएर पढ्ने ठाउँको सट्टा महँगो तिरेर विराटनगरमा पढ्नुपर्छ म त्यसको अन्त्य गर्छु, कृषिमा यान्त्रीकरण, धार्मिक सद्भावको विकासलगायत काम मेरा प्रथामिकतामा हुनेछन् । म झुटो बोलेर झुटको खेती गर्ने मान्छे होइन, म मतदाताको घरमा पुग्दा जे बोलेको छु, त्यही गर्छु । म झुट बोल्दिनँ, जे बोल्छु त्यही गर्छु । लेखेर राख्नुहोस् । यो क्षेत्रमा सबैभन्दा समस्या सुखुम्वाासी समस्या रहेको छ । उनिहरुको पिडा मैले बुझेको छु । पहाडको कुना कन्तरामा हुर्केको म यस्ता समस्या बुझ्छु । म दुई नम्बरी काम जान्दिन ।

तपाईं उम्मेदवार भएको क्षेत्र कांग्रेसले विभिन्न शिबिरहरु चलाई रहेको छ, तपाइँको त नयाँ अनुहार जित्नेमा कतिको ढुक्क हुनुहुन्छ?

म उम्मेदवार भएको क्षेत्र पहिला देखीनै वाम गठबन्धन बलियो भएको क्षेत्र हो । संबिधान जारी भए पछि राज्यको नयाँ संरचना हुँदा पनि कांग्रेसका साथीहरुले यो क्षेत्र चाहिं कम्युनिस्टलाई दिऊ भनेर छुट्याएका हुन् । त्यती बेला कांग्रेस बलिया थियो मोरङमा उहारुकै साम्सद धेर थिए । अहिले त उहाँहरु रुन मात्रै सक्नु भएको छैन । बिचराहरु मोरङमा एक सिट जित्नु हुन्न । शिबिर चलाएर झुटको राजनित गर्नु छैन मलाई । शिबिरका नाममा ब्रमलुट गरेको मतदाताले बुझेका छन । पढदै गरेका विद्यार्थीलाई डक्टर भन्दै औषधी चाही किन्न लगाएर शिबिरमा गएका बिरामीलाई थप पिडा दिने काम मात्रै गरेका छन । अहिले जनता पहिलेजस्तो त्यत्ति मूर्ख छैनन् । कुनै स्थानमा एक छिनमा सर्प देखिने हो । त्यसपछि एकैछिनमा त्यहाँ देखिँदैन । निर्वाचन क्षेत्र पनि उस्तै हो । म जनताको बीचमा झुट बोल्ने नेता होइन । त्यसकारण मलाई यो क्षेत्रका जनताले विशेष माया गर्नुहुनेछ । मैले विश्वासको मत पाउँछु करिब साढे ३० हजार मतका साथ चुनाव जित्छु । मैले अहिले सपना पनि जितेकै र विपना पनि जितेकै देखिरहेको छु ।

तपाईंका निर्वाचन जितेपछि का योजना के के हुन ?

म पार्टीमा राजनीति अहिले सम्म गरीरहेको छु । अहिले सम्म निस्वार्थ रुपमा जनताको काम गरिरहेको छु, भोली पनि गर्छु । मलाई भवगानले पनि सधै स्वार्थ नगरी जनताको काम गर्नु भनेर पठाएका रहेछन । मलाई अहिले सम्म काम गर्न पुगेकै छ भोलि पनि गर्छु । मैले सबैभन्दा ठुलो समस्या स्वास्थ्य क्षेत्रको र विद्यालयको देखेको छु । यो क्षेत्र मात्रै होईन उत्तरी मोरङमै सामान्य उपचार भन्दा अन्य केहि पनि हुँदो रहेन रहेछ । त्यसो त ठुला अस्पतालहरु नक्कली प्रमाण पत्र बोकेर मोडिकलका नाममा अस्पताल चलाई रहेका छन । तिनको अन्तय गर्छु । शैक्षिक क्षेत्रको उतिकै खाँचो छ, जितेको ५ बर्ष भित्र नमुना क्षेत्र बनाएर छाडछु ।

यो क्षेत्रमा त बढी अन्तर्घात हुँदैछ भन्ने पनि हल्ला छ नि ?

हो तपाईले जे सुन्नु भो सहि सुन्नु भो यो हल्ला मात्रै हो । यस कुरामा म पटक्कै विश्वास गर्दिनँ । हाम्रो पार्टी वा वाम गठबन्धनबाट कुनै पनि किसिमको अन्तर्घात हुन्छ भन्ने मलाई लाग्दैन । यसपटक मेरो क्षेत्रमा मात्रै हैन, अन्य स्थानमा पनि अन्तर्घात हुने सम्भावनै छैन ।

तपाइँलाई त टुरिष्ट उम्मेदवार भन्दा रहेछन नि ?

राजनीतिमा टुरीष्ट भनेको के हो अहिले सम्म मैले बुझेको छैन । मैले बुझेको टुरीष्ट त राजनीतिमा स्थाई भयो भने पो त्यो टुरीष्ट होईन । स्वार्थको राजनति गर्ने चाहिं टुरिष्ट नहुने अनि बिना स्वार्थको राजनित गर्ने चाहि टुरिष्ट हुन्छ । कहिले एमाले कहिले माओवादी कहिले कांग्रेस हुने चाहिं टुरिष्ट नहुने अनि म चाहिं कसरी टुरिष्ट? कि त नेपालमा सुकुम्वासीले राजनीति नै गर्नु भएननी । आफना नाममा कहीं जग्गा हुदैन बहने के उसले राजनीति नै गर्न नपाउने ? नेपालको संबिधानमा जुन सुकै नेता जहा गएर पनि राजनीति गर्न पाउने ब्यबस्था रहेको छ । अझ मेरो जग्गा जमिन सुन्दर हरैचामा रहेको छ भने मेरा दाजु भाउजु २० बर्ष अगाडी देखी यहीं बसोवास गरी रहेका छन । त्यसकारण म टुरिष्ट होईन जस्ले भन्छ उहाँहरु नै टुरीष्ट हो ।

अन्त्यमा, केही भन्नुहुन्छ ?

क्षेत्र नम्बर ३ का मतदातालाई मलाई अत्यधिक मत दिएर विजयी गराइदिनुहुन अनुरोध गर्छु । ताकि, त्यो क्षेत्र भोलि चाँडै विकासमा अघि बढ्न सकोस् ।

यो पनि हेर्नुहोला:
Comments
Loading...