Nepali News Portal

‘प्रचण्डलाई हराउने’ राजन केसीको चुनावी भिडन्त यसपटक पनि माओवादीसँगै

0

काठमाडौं, कात्तिक २३
दोस्रो संविधानसभा निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई शानदार तरिकाले हराएर चर्चामा आएका थिए, कांग्रेस नेता तथा खेलकुदमन्त्री राजेन्द्र केसी (राजन) ।

उनै केसी यसपटक पनि काठमाडौं क्षेत्र नम्बर १० बाट चुनावी मैदानमा उत्रिएका छन् । तर, यसपटक उनीसँग भिड्ने प्रचण्ड छैनन् ।

अहिले त्यस क्षेत्रबाट वाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका माओवादी केन्द्रका नेता हितमान शाक्य मैदानमा छन् । उति चर्चा नभए पनि यस क्षेत्रको निर्वाचनलाई धेरैले महत्तवपूर्ण रूपमा हेरेका छन् ।

गएको स्थानीय तहको निर्वाचनमा काठमाडौं–१० मा कांग्रेसले १७ हजार १ सय ७० मत पाउँदा एमालेले १६ हजार ८ सय ८७ पाएको थियो । त्यसपछि तेस्रो बनेको माओवादीले ९ हजार ४ सय ५० मत पाएको । त्यसपछिको राप्रपाले २ हजार ३ सय ३६ मत पायो ।

उक्त निर्वाचनको मत परिणामलाई हेर्दा वाम गठबन्धन त्यस क्षेत्रमा बलियो छ । अंक नै जोड्दा पनि गठबन्धन झन्डै ६ हजार ८ सय ३१ मतले अगाडि छ ।

यस्तो मतान्तरबीच यसपटक पनि कांग्रेसका राजन केसीलाई उक्त क्षेत्रमा चुनाव जित्न निकै कठिन पर्ने देखिन्छ । तैपनि, कांग्रेसले चुनाव जित्ने दाबी गर्दै आइरहेको छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...