Nepali News Portal

सुनको भाउ लगातार चौथो दिन पनि बढ्यो

0

विराटनगर, कात्तिक २३
तीन दिनदेखि लगातार बढिरहेको सुनको भाउ नेपाली बजारमा बिहीबार पनि बढेको छ । गत सोमबारदेखि नै उकालो लागेको सुनको भाउ बिहीबार पनि बढेको हो ।

आज सुनको भाउ तोलामा सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आज सुन प्रतितोला ५६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार ३ सय रुपैयाँ बढेर तोलाको ५५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी तोलाको ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ महासंघले जनाएको छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...