Nepali News Portal

मलेसियामा रहेका इलामे युवकको मृत्यु

0

इलाम, २२ कात्तिक। फाकफोकथुम गाउँपालिका–१, ठिंगेपुर निवासी २८ बर्षीय अर्जुन लिम्बूको वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा मृत्यु भएको छ ।

मलेसियास्थित जोहोर बारु बातुपहाड शहरस्थित एक फर्निचर कम्पनीमा कार्यरत लिम्बूको कात्तिक १९ गते सुतेकै ठाउँमा हृदयाघातका कारण मृत्यु भएको हो । उनको शव सोही स्थानको एक अस्पतालमा राखिएको मलेसिया स्थित एक नेपालीले बताए । लिम्बूको शवलाई नेपाल पठाउन कम्पनीले पहल शुरू गरिएको जानकारी प्राप्त भएको छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...