Nepali News Portal

लगातार बढ्दै सुनको भाउ, आज कति पुग्यो ?

0

काठमाडौं, कात्तिक २२
मंगलबार बढेको सुनको भाउ नेपाली बजारमा आज पनि बढेको छ । हिजोको तुलनामा आज सुन प्रतितोलामा ३ सय रुपैयाँले बढेको हो ।

आज छापावाल सुन तोलाको ५५ हजार ९ सय रुपैयाँले कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुन ५५ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदी आज ७ सय ६५ मा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुन ५५ हजार ६ सय र तेजाबी सुन ५५ हजार ३ सय मा कारोबार भएको थियो ।

यो पनि हेर्नुहोला:
Comments
Loading...