Nepali News Portal

सपोर्ट माइक्रोफाइनान्सको साधारण सेयर बाँडफाँड

0

काठमाडौँ २०, कार्तिक /सपोर्ट माइक्रोफाइनान्सको साधारण सेयर बाँडफाँड भएको छ । कम्पनीले निष्काशन गरेको १ लाख ८० हजार कित्ता हजार साधारण बुधबार बाँडफाँड गरिएको हो । सेयर माग गरेकामध्ये ज्यादै न्युन आवेदकले मात्र १० कित्ता सेयर पाएका छन् । यस अघि नै मेरोलगानीले माइक्रोफाइनान्सको सेयर पाउने लगानीकर्ताको संख्याका आधारमा खबर सम्प्रेषण गरेको थियो । सोही अनुसार लघुवित्तको सेयर १६ हजार ७ सय ४० जनाले प्राप्त गरेका छन् । उनीहरुलाई १० कित्ताका दरले सेयर बाँडफाँड गरिएको हो । प्रतिशतका आधारमा हेर्दा लघुवित्तको सेयर ७.११ प्रतिशत आवेदकलाई मात्र बाँडफाँड गरिएको हो ।

यो पनि हेर्नुहोला:
Comments
Loading...