Nepali News Portal

घरमा कुकुर पाल्नुभएको छ ? जान्नुहोस् १० टिप्स

0

१ आफ्नो घरको कुकुरलाई आवश्यक कुरा आफैँ सिकाउनुहोस्, अरूलाई तालिम दिन लगाउनु खासै ठीक होइन । कुकुरलाई तालिम दिने अनुभवी व्यक्तिबाट कुकुरको तालिमबारे सिक्न सक्नुहुन्छ ।

२ कुकुरलाई तालिम, अभ्यास वा कुनै पनि काम गराउँदा माया र नरम बोली प्रयोग गर्नुहोस् । कुकुरसँग रिसाउँदा परिणाम नकारात्मक निस्किन सक्छ ।

३ तपाईं केही खाइरहनुभएको छ र नजिकै रहेर कुनै कुकुरले हेरिरहेको छ भने थोरै भए पनि खान दिनुहोस् । यसो गर्दा कुकुर तपाईंसँग निकै खुसी हुनेछ । त्यस कुकुरबाट तपाईंमाथि कहिल्यै खतरा हँुदैन ।

४ कुकुरलाई खुर्सानी धेरै राखेर बनाएको पिरो खाना कहिल्यै नदिनुहोस् । मरमसलामा बनाएको खाना दिँदा पनि नराम्रै त गर्दैन, तर नदिएकै राम्रो हुन्छ । खोले, रोटी, भात, दूधमा मुछेको ढिँडो र मासु नै उसले मन पराउने खाना हो । यस्ता खानाले कुकुरको स्वास्थ्यमा फाइदा पनि गर्छ ।

५ कुकुरले खाना खाएलगत्तै दिसा गर्न चाहन्छ । त्यसैले खाना खुवाएपछि दिसा गर्ने ठाउँमा लैजानुपर्छ । खोरबाट बाहिर निकाल्दा ढोकामा कोही मानिस या अन्य कुकुर छ–छैन हेर्नुपर्छ । यसैगरी, कुकुरको घाँटीमा पेटी, डोरी ठीक छ–छैन विचार गर्नुपर्छ । कहिलेकाहीँ बाहिर लैजाँदा कुकुर फुत्किएर अरूमाथि आक्रमण गर्न पनि सक्छ ।

६ बाँधेर राखेको कुकुर चुँ–चुँ गर्छ भने उसलाई दिसा–पिसाब लागिरहेको रहेछ भन्ने बुझ्नुपर्छ ।

७ कुकुरले अघिल्ला दिनमा गरेको दिसाको गन्ध सुँघेर सधैँ उही ठाउँमा दिसा गर्न चाहन्छ ।

८ घरमा कुकुर पाल्नुभएको छ भने जानिराख्नुहोस्, तपाईं सुत्ने खाटको नजिक या तल सुत्ने ठाउँ बनाइदिँदा ऊ खुसी हुन्छ । कुकुरलाई सकेसम्म जहिल्यै आफ्नो नजिक राख्नुहोस् ।

९ कतै जाँदा कुकुरले पछ्यायो या लिएर जानैपर्ने भयो भने गाडीमा उकाल्दा र ओराल्दा विचार पु¥याउनुपर्छ । गाडीमा हुने प्वाल या अन्य अप्ठ्यारो ठाउँमा कुकुरको पन्जा फसेर दुर्घटना निम्तिन सक्छ । अन्य भुस्याहा कुकुर पनि बाटो आसपासमा हुन सक्ने भएकाले आफ्नो कुकुरको मुखमा मजल लगाइदिनुपर्छ । सडकपेटीमा हिँडाउँदा तोकिएको साइडमा हिँड्नुपर्छ भने कुकुरलाई आफूभन्दा देब्रेपट्टि राखेर डो¥याउनुपर्छ ।

१०. कुकुरलाई आवश्यकभन्दा बढी घाममा राख्नुहुँदैन । बिरामी हुने खतरा रहन्छ ।

-पत्रपत्रिकाबाट

यो पनि हेर्नुहोला:
Comments
Loading...