सम्राज्ञी देखि भुवन केसीलाई मन पर्यो रमेशको “ऐश्वर्य”

काठमाडौँ , कार्तिक १५
कार्तिक ९ गतेबाट देश भर प्रदर्सनमा आएको फिल्म ’ऐश्वर्य’ देशका विभिन्न हलहरुमा हाउसफुल चलिरहेको छ। प्रदर्सन मिति यता यस फिल्मले राम्रो ग्रस कलेक्सन गर्न सफल भएको छ ।

फिल्मले मेकिङका साथ साथै फिल्ममा बोलिएको संवादका कारणले पनि निकै चर्चा पाएको छ । दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा केकी अधिकारी, रमेश उप्रेती, प्रशान्त ताम्राकार, दीपिका प्रसाईं, बिकाश खतिवडा, अर्जुन श्रेष्ठ, निर्मल शर्मा, केशव भट्टराई, अर्जुन जंग शाही लगायत कलाकारको अभिनय रहेको छ ।

ऐश्वर्य टिमले हिजो राजधानीमा एक बिशेस सो गरेर कलाकार तथा अन्य अतिथिहरुलाई फिल्म देखेको छ। फिल्म हेर्ने आउनेमा भुवन केसी, बिराज भट्ट देखि अहिलेकी हिट नायिका सम्राज्ञी सम्मको बाक्लो उपस्थितिम रहेको थियो। उनीहरुले फिल्म राम्रो बनेकोमा फिल्म टिम लाई बधाई दिएका छन।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW