Ultra
LG

विद्यार्थीहरुलाई छात्रावृति तथा शैक्षिक सामाग्री हस्तान्तरण

सन्तोष सिग्देल, प्रकाशपुर
श्री प्रकाश उ. मा बि. का विद्यार्थीहरुलाई छात्रावृति तथा शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ ।

सुनसरी जिल्ला स्थित बराह नगरपालिका वार्ड नं १० स्थित श्री प्रकाश उ. मा बि. का विद्यार्थीहरुलाई पुर्व विद्यार्थी समूहद्वारा छात्रावृति तथा शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो।

पुर्व विद्यार्थी समूह एस एल सी २०६४ को सक्रिय सदस्य सुस्मा बरालको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बराह नगरपालिका-१० का वडा अध्यक्ष श्री महेन्द्र ब. खत्री प्रमुख अतिथि हुनुहुन्थ्यो भने साथमा प्र.अ.श्री रोहीत कु. घिमिरे, सहायक प्र.अ. चुडामणि खनाल तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पनि उपस्थित हुनुहुन्थ्यो।

हाल कक्षा ११ र १२ मा अध्यानरत २ छात्रा तथा २ छात्र गरी जम्मा ४ जना इमान्दार र लगनशील विद्यार्थीहरुलाई समुहले पुरस्कृत गरेको हो। आर्थिक अवस्था कम्जोर हुँदा पठनपाठनमा बाधा नपरोस भनेर एस.एल.सी २०६४ ब्याच द्वारा एक समूह बनाई उक्त कार्यक्रम गरेको हो।

शिक्षक श्री चन्द्र प्र. सिग्देलले प्रकाश पार्नु भएको कार्यक्रममा कक्षा १२ कि गीता बस्नेत, कक्षा १२ का रंजित मेहता, कक्षा ११ कि चिना श्रेष्ठ र कक्षा ११ कि सरिता आचार्यलाइ छात्रावृति उपलब्ध गरिएको थियो।

छात्रवृति संगै कार्यक्रममा ६ कक्षा देखि १० कक्षा सम्मका १९ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गरिएको थियो ।

यो पनि हेर्नुहोला:
Comments
Loading...