Nepali News Portal

नक्कली फेसबुकमार्फत् महिलालाई अश्लील शब्द लेख्ने प्रहरीको फन्दामा

चितवन, कात्तिक १३

नक्कली फेसबुकमार्फत् महिलालाई अश्लील शब्द लेख्ने एक जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । नक्कली फेसबुकमार्फत् सामाजिक सन्जालमा महिलालाई बदनाम गर्नेगरी अश्लील शब्द लेख्ने मकवानपुर, बकैयाका २७ वर्षीय नवीन तिमिल्सिनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका तिमिल्सिनाले सुरज शर्मा नाम गरेको नक्कली फेसबुकमार्फत् अश्लील कार्यका लागि सम्पर्क गर्नु भन्दै महिलाको नम्बर सामाजिक सन्जाल फेसबुकमा पोष्ट गर्ने गरेको प्रहरीले जनाएको छ ।

उनीविरुद्ध चितवनकी एक युवतीले उजुरी गरेपछि तिमिल्सिनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।

पक्राउ परेका तिमिल्सिनाले १९ जना महिलालाई नक्कली फेसबुकमार्फत् अश्लील शब्द पोष्ट गरेको प्रहरीको प्रारिम्भक अनुसन्धानबाट खुल्न आएको छ ।

तिमिल्सिनालाई जिल्ला प्रहरी कार्यालय चिवतनको हिरासतमा राखी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...