Nepali News Portal

मलेसियास्थित नेपाली राजदूतावासले भन्यो– यहाँको बस दुर्घटनामा नेपालीको मृत्यु भएको छैन

मलेसिया, कात्तिक ७
आज मलेसियाको पेनाङ सहरमा भएको बस दुर्घटनामा कुनै नेपालीको ज्यान नगएको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले प्रारम्भिक जानकारी दिएको छ । ८ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनामा नेपाली पनि परेको हुनसक्ने आशंकबीच दूतावासले हालसम्म नेपाली परेको पुष्टि नभएको बताएको हो ।

अहिले दूतावासले घटनाबारे बुझ्न पेनाङस्थित कन्सुलेट जनरललाई घटनास्थलमा पठाएको र स्थानीय प्रहरीसँग पनि कुरा भइरहेको मलेसियास्थित नेपाली दूतावासका सचिव प्रेम गौतमले बताए ।

मलेसियाका स्थानीय सञ्चारमाध्यमका अनुसार आज बिहानी विदेशी कामदार बोकेका दुईटा बस जुध्दा ८ जनाको ज्यान गएको छ । समाचारअनुसार सोनी कम्पनीको कारखानामा कार्यरत नेपाली र इन्डोनेसियन कामदार बोकेका बस जुधेका हुन् ।

यो पनि हेर्नुहोला:
Comments
Loading...