Nepali News Portal

मलेसियामा नेपाली कामदार बोकेको बस हुँदा ८ जनाको मृत्यु, बिस्तृत विवरण आउन बाँकी

मलेसिया, कात्तिक ७
मलेसियाको पेनाङ सहरमा विदेशी कामदार बोकेका बस दुर्घटनामा परेका छन् । आज बिहानै विदेश कामदार बोकेका दुईटा बस आपसमा जुध्दा ८ जनाको मृत्यु भएको प्रारम्भिक जानकारी आएको छ ।

तर, मृत्यु हुनेमा कुनै नेपाली परे–नपरेको हालसम्म खुल्न सकेको छैन । मलेसियास्थित नेपाली राजदूतावासले पनि यसबारे केही बताउन सकेको छैन ।

सोनी कम्पनीको कारखानामा काम गर्ने नेपाली र इन्डोनेसियन कामदार बोकेका बस आपसमा जुधेर दुर्घटना भएको मलेसियास्थित सञ्चारमाध्यमले जनाएका छन् ।

आज बिहान साढे ५ बजेतिर भएको बस दुर्घटनामा परी अन्य ३३ जना विदेशी कामदार घाइते भएका छन् । घाइते सबैको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

मलेसियाको स्थानीय प्रहरीले मृतक कुन–कुन देशका नागरिक रहेको भन्नेबारे खुलाइसकेको छैन ।

यो पनि हेर्नुहोला:
Comments
Loading...