Nepali News Portal

बुधबार किन अचानक फेसबुक र इन्स्टाग्राम बन्द भयो ? कारण यस्तो

एजेन्सी, असोज २७
बुधबार फेसबुक र इन्स्टाग्रामका प्रयोगकर्ताहरुको लागि निकै पिडादायिक समय थियो । फेसबुक मात्र नभएर फेसबुक निर्माताहरुकै अर्को साईट इन्स्टाग्राम पनी केहिबेरको लागि ठप्प भएको थियो । फेसबुक इन्स्टाग्राम नचल्दा ट्विटरमा फेसबुकको समाचार यति भाइरल बन्यो कि फेसबुक नचलेको कुरा ३ अरब भन्दा धेरै ह्यासट्याग टप ट्रेण्डमा पर्न सफल भयो । के भएर यस्तो भयो त ?

फेसबुकका तत्कालका इन्जिनियर रोबर्ट जोन्सनका अनुसार यो कुनै ठुलो इस्स्यु नभएर सानो प्राबिधिक खराबी भनेका छन् । फेसबुक एउटा संबेदनसिल अंग भएकोले यसलाई ह्याक गर्न आफुले सोचे जस्तो अनुरुप नरहेको बताएका छन् ।

फेसबुक ठप्प हुँदा न त प्रयोगकर्ताले फोटो अपलोड गर्न पाए, न त कुनै स्टाटस अपडेट गर्न । यद्यपि केही समयपछि नै फेसबुक र इन्स्टाग्राम दुबै पूर्ववत अवस्थामा आएर प्रयोगकर्ताले उपयोग गर्न पाए ।

फेसबुक डाउन हुँदा कतिपय प्रयोगकर्ताको पेज नै अपलोड भएको थिएन भने कतिपयले आफ्ना अकाउन्ट लगइन गर्न पाइरहेका थिएनन् । फेसबुक लगइन गर्न खोज्दा ‘आवश्यक मर्मतका लागि फेसबुक डाउन भएको र केही समयमै पहिलेको अवस्थामा आउने र चलाउन सकिने’ भन्ने सन्देश सम्प्रेषण भएको थियो।

अन्यबाट

यो पनि हेर्नुहोला:
Comments
Loading...