Nepali News Portal

रमेश उप्रेतीको ‘कमब्याक’ चलचित्र ‘ऐश्वर्य’को धमाकेदार ट्रेलर सार्वजनिक (भिडियोसहित)

कोसी अनलाइन
काठमाडौं, असोज ५
एकबेलाका सुपरस्टार नायक रमेश उप्रेतीको चलचित्र ‘ऐश्वर्य’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रम गरी निर्माण पक्षले चलचित्रको ट्रेलर सावर्जनिक गरेको हो ।

एकताका नेपाली चलचित्र उद्योगमा ‘चकलेटी’ हिरोको उपमा पाएका रमेश लामो समय विदेश बसाइबाट फर्किएपछि उनको कमब्याक चलचित्रको रूपमा ‘ऐश्वर्य’लाई लिइएको छ । तर, उनको कमब्याक कतिको ऐश्वर्यमय हुन्छ, त्यो भने हेर्न बाँकी छ ।

‘ऐश्वर्य’को ट्रेलर सार्वजनिक कार्यक्रममा कुनैबेला नायक रमेश उप्रेतीसँग पनि काम गरेकी सदाबहार नायिका करिश्मा मानन्धरसमेत सहभागी थिइन् । कार्यक्रममा नायिका मानन्धर साथै निर्देशक अशोक शर्माले सार्वजनिक ट्रेलर दमबार रहेको र चलचित्र पनि उत्तिकै दमदार रहेकोमा आफूहरू आशावादी रहेको बताएका थिए ।

यसअघि चलचित्रको ‘तिमी रोएको पल’ गीत युट्युबमा निकै हिट भएको थियो । पुराना नायकको पुनरागमन साथै प्रारम्भिक चरणमा देखिएका केही संकेतले रमेशको ‘ऐश्वर्य’ले राम्रै बजार तताउने अनुमान गरिएको ाछ ।

निर्मातासमेत रहेका नायक रमेश उप्रेतीका अनुसार चलचित्रमा प्रेम र प्रेम पाउन हुने÷गरिने लडाइँलाई मुख्य विषय बनाइएको छ । सार्वजनिक ट्रेलरमा पनि सोही कुरालाई विशेष जोड दिइएको देखिन्छ ।

ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रको युनिटले फिल्मका विषय र प्रवृत्तिबारे पत्रकारसँग सबाल–जवाफसमेत गरेका थिए ।

‘ऐश्वर्य’मा रमेश उप्रेती, दीपिका प्रसाईं, प्रशान्त ताम्राकार र केकी अधिकारीले मुख्य रूपमा अभिनय गरेका छन् । नायिका केकी अधिकारी अनुपस्थित कार्यक्रममा डेब्यु नायिका दीपिकाले ‘ऐश्वर्य’मा काम गर्न पाएकोमा खुसी लागेको र आफूले सक्दो मेहनत गरेको बताइन् ।

कार्यक्रममा नायक तथा निर्माता रमेशले बडादसैैंको अवसर पारेर ट्रेलर सार्वजनिक गरेको भन्दै सबै दर्शकलाई शुभकामनासमेत अर्पण गरेका थिए ।

आगामी कात्तिक ९ गते छठ पर्वका दिन देशैभर रिलिज हुने ‘ऐश्वर्य’लाई दिवाकर भट्टराईले लखेका हुन् । निर्देशन पनि उनैले गरेका छन् । फिल्म रमेश उप्रेतीसँगै अर्जुन श्रेष्ठ र निर्मल शर्माले मिलेर बनाएका हुन् ।

हेर्नुस् ट्रेलर :

यो पनि हेर्नुहोला:
Comments
Loading...