Ultra
LG

विराटनगर एभरेस्टकि छात्रा सुनिधि केसीको नेपालकै उत्कृस्ट नतिजा

कोशी अनलाइन
विराटनगरस्थित एभरेस्ट उच्च माविले हालै सार्वजनिक भएको कक्षा १२ को व्यवस्थापन संकायमा उत्कृस्ट नतिजा ल्याउन सफल भएको छ।

विराटनगर ६ निवासी सुनिधि केसीले कक्षा १२ को व्यवस्थापन संकायको नतिजामा ८७.४ % अंक ल्याएकी छिन। कलेजका प्राचार्य टिकाराम पुरीका अनुसार यो अहिलेसम्म थाहाभएको धेरै प्रतिसत अंक हो र सुनिधि नै नेपालभरीको रिजल्टमा प्रथम भएकी हुन्।

यस अघि कक्षा ११ को परिक्षामा पनि केसीले ८७.२% अंक ल्याउदै नेपाल प्रथम भएकी थिइन्।

यस अघि विज्ञान संकायको नतिजामा पनि प्रदेश नम्बर १ मा उत्कृस्ट रिजल्ट निकालेको एभरेस्टका प्राचार्य टिकाराम पुरीले विद्यालय व्यवस्थापन र शिक्षकहरुको अथक मेहनतले गर्दा नै विद्यालयले राम्रो नतिजा प्राप्त गर्न सकेको बताए।

एभरेस्टबाट सुनिधि संगै सतप्रतिशत विद्यार्थी उतिर्ण भएका छन्।

यो पनि हेर्नुहोला:
Comments
Loading...