fbpx

व्यवसाय थालनी गर्दै हुनुहुन्छ : बाबा रामदेवको यी ५ सुत्र प्रयोग गर्नुस् : फाईदै फाइदा

विराटनगर, भदौ १५
योग गुरु रामदेवले पताञ्जलीका उत्पादनहरुलाई कसरी बजारमा स्थापित गरे र उपभोक्ताको मन जित्न सफल भए भन्ने आधारमा सक्सेस टिप्स दिएका हुन् । बाबा रामदेव आफ्नो शरीरमा मात्र मजबुत नभई बिजनेस व्यापारमा पनि त्यस्तै सफल छन् भनेर उनको पतंजली प्रडक्टले साबित गर्देको छ । कसरी ब्यापारमा सफल हुने ? कसरि ब्यापारलाई माथि पुराउने ? यसबारे रामदेव बाबाको यस्तो धरान रहेको छ :-

१.अवसरलाई पर्खिने हैन अवसरलाई निर्माण गर्ने :-
हामी कुनैपनि काम गर्नका लागि उपयुक्त अवसर खोजिरहेका हुन्छौं । तर, कुनैपनि काम गर्नका लागि वा कुनैपनि उत्पादन पस्कनका लागि जहिलेपनि अवसरले पर्खिरहेको हुन्छ । बाबा रामदेवले भनेका छन्, मैले पताञ्जलीको सामग्री बजारमा ल्याउनुअघि अनेकौ कम्पनीका एक से एक उत्पादनहरु थिए । त्यसले राम्रै बजार पनि कब्जा गरिरहेको थियो । उपभोत्ताले पत्याएका थिए । तर, यसको बावजुद पताञ्जलीलाई हामीले बजारमा उतार्‍यौं । र, त्यसले राम्रो बजार पनि पायो । यसबाट के सावित हुन्छ भने, बजारमा अन्य उत्पादन छ भन्दैमा आफ्नो उत्पादनले बजार नपाउने होइन । त्यहाँ जहिलेपनि अवसरले पर्खिरहेको हुन्छ ।

२. मूल्यको सहि निर्धारण
बाबा रामदेवका अनुसार पताञ्जलीका सामग्री किन बढी रुचाइयो भने यो तुलनात्मक रुपमा सस्तो पनि थियो । जबकी अर्को कम्पनीको चल्तीको ब्रान्डको मूल्य बढी राखिएको हुन्छ । त्यसैले तपाईले आफ्नो उत्पादनलाई संभव भएसम्म सस्तो मूल्यमा उतार्नु भयो भने उपभोक्तापनि लोभिनेछन् ।

३. आफ्नो लगानीलाई सहि ठाउँमा मात्र खर्च गर्नुस्
कम्पनिहरु पेपर एड, ब्रोडकास्ट एडदेखि होर्डिङ बोर्ड राख्नमा समेत लाखौं, करोडौं खर्च गर्छन् । हामीलाई थाहा भएकै हो, उक्त खर्च उपभोक्ताको खल्तीबाटै पूर्ति गरिने हो । यसका लागि आफ्नो उत्पादनको मूल्यमा नै पब्लिसिटी खर्च पनि जोडिएको हुन्छ । बाबा रामदेव भन्छन्, पताञ्जलीले पनि विज्ञपानमा खर्च गरेको छ तर, धेरै फोकस भनेको ब्रान्ड प्रमोट गर्नमा भएको छ ।

४. प्रडक्ट राम्रो हुनुपर्छ, यसले आफै बिज्ञापन गर्न थाल्छ
कुनैपनि उत्पादन गुणस्तरिय छ र मूल्य पनि तुलनात्मक रुपमा सस्तो छ भने त्यसलाई उपभोक्ताले खोजेरै खरिद गर्छन्, विज्ञापनको जरुरत छैन । बाबा रामदेब भन्छन्, पताञ्जलीले आफ्नो उत्पादनको फोकस क्वालिटीमा गरेको छ । तपाईले विज्ञापन गर्नु वा मेरो उत्पादन राम्रो छ भन्दै हिँड्नु पर्दैन । तर, यसका लागि तपाईको उत्पादन गुणस्तरिय हुनुपर्छ । यदि त्यसो भयो भने उक्त उत्पादनको गुणस्तर स्वंमले आफ्नो प्रचार गर्छ ।

५. ग्राहकलाई आफ्नो भगवान ठान्नु पर्छ
आफ्नो उत्पादनको बजारीकरण वा सफलताको लागि तपाई उपभोत्तामैत्री हुनु आवश्यक छ । यदि उपभोक्ताको हित र फाइदा सोच्नु भयो भने तपाई स्वतः सफल हुनुहुन्छ । ग्राहकसंग भद्र बोलि तथा व्यवहारले व्यवसायमा धेरै प्रभाब पर्छ ।

Koshi Online

FREE
VIEW