fbpx

कलेजोको रोग के हो ? रोकथामका उपाय के–के छन् ?

-प्रो.डा. सन्जय सिंह नेगी

हाम्रो कलेजोमा जब बोसो जम्मा भएर जान्छ, त्यो स्थितिलाई फैटी कलेजो (लिवर) भनिन्छ । यसलाई यसरी बुझ्न सकिन्छ की, जसरी मोटोपन हुनाले हाम्रो शरीरको बाँकी भागमा बोसो बढ्छ, ठीक कलेजोद्वारा शरीरमा ब्लड सुगर, विसैलो तत्त्व र कोलेस्ट्रोलको स्तर नियमित हुन्छ । कलेजोले नै बोसोलाई पगालेर वाइलको गर्छ तर धेरै बोसो थिग्रनको कारणले फैटी लिवरको समस्या हुन्छ । देशको ३०% नागरिक यस समस्याको पीडित हुँदैछ । जान्नुस् यसलाई ।

त्यसैगरी, हाम्रो कलेजोमा पनि बोसो जम्मा हुन सुरु गर्छ । यसको कारणले कलेजोमा एकीकृत भएको बोसो कलेजो (फैटी लिवर) ले सामान्य सेल्सहरूलाई नष्ट गर्न सुरु गर्छ, सामान्य सेल्सहरू बिस्तारै नष्ट हुँदै जान्छ । अनि, कलेजोमा बोसो जम्मा हुन्छ, जसका कारणले कलेजोको बिरामी भइन्छ । यो स्थिति पछि गएर हेपाटाइटिस, सिरोसिस, फाइब्रोसिस वा क्यान्सरमा  परिणत हुन्छ ।

कारण/जोखिम :

–कारण विरामीको मुख्य समस्या मोटोपन हो ।

डायबिटीज वा थाइराइड हुनेलाई पनि कलेजोमा बोसो फैटी लिवर) हुनसक्छ ।

किसिम :

फैटी लिवर (कलेजोमा बोसा) एउटै प्रकारको हुन्छ, त यसको तीन अवस्था हुन्छ नैश, ऐश र कैश । मोटोपनले गर्दा हुने फैटी लिवरलाई नैश भनिन्छ । मतलब नाँन अल्कोहलीक स्टेन्ट अफ् हेपाटाइटिस । यसकै अर्को अवस्थालाई ऐश मतलब अल्कोहलिक स्टेन्ट अफ् हेपाटाइटिस भनिन्छ ।

तेस्रो अवस्था त्यो व्यक्तिहरूलाई हुन्छ, जसलाई क्यान्सर  भएको र किमोथेरापी उपचार गराइराखेका हुन्छन् । यसप्रकारको उपचार गराउनेको कलेजो बिग्रिसकेको हुन्छ । र, त्यसमा (कलेजो) बोसो जम्मा हुन सुरु गरिसकेको हुन्छ, यस अवस्थालाई कैश भनिन्छ ।

लक्षण :

साधारणतः एसियालीहरूमा फैटी लिवरको सुरुको लक्षण थाहा पाइँदैन । साधारणतः कलेजोको सबैभन्दा राम्रो र नराम्रो कुरा भनेको कलेजो ८०५ क्षतिग्रस्त नभएसम्म, लक्षणहरू देखिँदैन । जब लक्षणहरू देखिन थाल्छ, त्यत्तिखेर धेरै ढिला भइसकेको हुन्छ र फैटी लिवरको कारणले अन्य रोगहरू लगिसकेको हुन्छ । धेरैजसो बिरामीहरूमा पैmटी लिवर छ/छैन भन्ने कुरा त्यत्तिखेर मात्र थाहा हुन्छ, जब सिरोसिस भइसकेको हुन्छ ।

त्यसैगरी, जन्डिस, खाना नरुच्ने, आमायमा पानी जम्नु आदि फैटी लिवरको लक्षण हुन् । जब फैटी लिवर चरम सीमामा पुग्छ, तब विरामीको मस्तिष्कमा पनि असर गर्छ । जसको कारणले बिरामी आफ्नो होश गुमाउन थाल्छ । बिरामीलाई रगत बान्ता हुन थाल्छ ।

 बिरामीको पहिलो अवस्थामा नै लिवर (कलेजो)मा बोसो जम्मा हुन जान्छ । दोस्रो अवस्थामा कलेजो सुनिन्छ । यस अवस्थालाई हेपाटाइटिस भनिन्छ । तेस्रो या अन्तिम अवस्था भनेको फाइट्रोसिर वा सिरोसिस हो । यो अवस्था जब आउँछ, तब धेरैजसो नर्मल कलेजोको सेल्सहरूले काम गर्न छाड्न् र फैटी टिस्युमा परिवर्तन हुन जान्छ । जसरी चोट लागेमा हाम्रो अनुहारमा दाग देखिन जान्छ, त्यसैगरी कलेजोमा पनि दाग देखिन सुरु हुन्छ ।

जब कलेजोको नर्म सेल्सले काम गर्न छाड्छ, तब कलेजो आफैंले पुनः नयाँ कलेजो वा पुनविकसित हुन सुरु गर्छ । कलोजोको विशिष्ट गुण हुँदैछ कि, कलेजो आफैंले आफ्नो पुनविकसित गर्न सक्ने क्षमता हुँदैछ । यो गुण हाम्रो शरीरको कुनै पनि अंगसँग हुँदैन । जब अधिकांश सेल्सहरू खत्तम हुन्छन्, तब बाँकी रहेको सेल्स आफैंले फेरि विकसित हुन कोसिस गर्छन् । यस्तो परिस्थितिमा कलेजोको सेल्समा अनियन्त्रित वृद्धि वा धेरै विकसित हुन सुरु हुन्छ । र, सेल्स अत्यधिक विकसित भएमा क्यान्सरजस्तो रोगमा परिणत हुन्छ ।

जाँच/उपचार

फैटी लिवरको जाँच दुई किसिमबाट हुन्छ । नन–इन्पेसिव जाँच/इन्पेसिव जाँच । नन–इन्पेसिव जाँच भनेको रुटिन चेकअप गरिन्छ । यदि फैटी लिवर एड्वान्स स्टेजमा छ भने, रोगीको कलेजो फाइब्रोसिस भएको बुझिन्छ र यस स्थितिमा रोगीको फाइब्रोस्क्यान गरिन्छ । इन्पैसिव टेस्टमा लिवर बायोप्सी गरिन्छ । यो जाँच अन्तिम जाँच (परीक्षण) हो ।

यो टेस्टका लागि कलेजोमा सुई हालिन्छ । र, कलेजो मासुको टुक्राको परीक्षण गरिन्छ । बिरामीको मोटोपन घटाउनुपर्ने हुन्छ । यदि डायविटिज छ भने त्यसलाई रोकथाम गर्न जरुरी हुन्छ । थायरोड भएमा रोकथाम गर्नुपर्छ । त्यसपछि औषधि दिने गरिन्छ

(लेखक डा. सन्जय सिंह नेगी BLK सुपर स्पेशियलिटी अस्पताल नयाँ दिल्लीमा Hepato Pancreatic Biliary सर्जरी र कलेजो प्रत्यारोपणका निर्देशक हुन् ।)

Koshi Online

FREE
VIEW