धनियाँले रगत शुद्ध बनाउन मदत गर्छ, अरू के–के छन्् यसका फाइदा ?

बिराटनगर, साउन २
हामीले बिशेषगरी मसला, अचार तथा तरकारीहरूमा प्रयोग गर्ने धनिया तथा यसको हरियो पातको सेवन स्वास्थयका लागी निकै लाभकारी हुने गर्दछ । चिसो मौसममा धनियाको हरियो पातको मानिसहरू भोजनमा बिभिन्न प्रकारले प्रयोग गर्ने गर्दछन । साथै यसको प्रयोग घरेलू उपचारका लागी समेत गर्ने गरिन्छ ।

धनियाको सेवनले निकै फाइथाहरू रहेका छन । धनियाको सेवनले अपच तथा कोलाइटिसबाट मानिसहरूलाइ राहत हुने गर्दछ । टाइफाइड भएको स्थितिमा हरियो धनियाको पातको सेवनले निकै लाभ पुर्याउँदछ । धनियाको सुकेको गेडालाइ पानिमा उमाल्ने र त्यसलाइ छानेर चिसो बनाउने । यस पानीलाइ पिउनाले मानिसहरूको कोलेस्ट्रोल लेभल कम हुन्छ ।

– हरियो धनिया सुगन्धयुक्त हुने भएकाले यसले खानाको स्वाद बढाउँछ । अरुचिको समस्या भएकाहरूले चटनी अथवा तरकारीमा हरियो धनिया मिसाएर खाँदा राम्रो हुन्छ ।
– आँखासम्बन्धी सबै किसिमका समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ ।
– हरियो धनियाले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ ।
– हरियो धनियालाई भोजनमा सामेल गराउँदा पेटसम्बन्धी समस्या कम हुँदै जान्छन् । पेटमा रहेका कीटाणुलाई पनि हरियो धनियाले मार्ने गर्छ ।
– धनियाँ खाँदा शरीरमा सञ्चय भएका अक्सिडेन्टलगायत विकार शरीर बाहिर निस्किन्छ ।
– धनियाले रगतलाई शुद्धीकरण गर्छ ।

प्रतिक्रिया दिनुहोस:

यो पनि हेर्नुहोला: