क्यामरुनमा डुंगा डुब्दा ३४ जना बेपत्ता

एजेन्सी, साउन २
क्यामरुनमा एक सैनिक डुंगा डुब्दा कम्तीमा ३४ व्यक्ति हराइरहेको त्यहाँको रक्षा मन्त्रालायले जनाएको छ। ३७ यात्रु रहेको सो डुंगा बकासी प्रायद्वीपतर्फ जाँदै गर्दा आइतबार डुबेको थियो।

३ जना सैनिकलाई भने उद्दार गरिएको छ। क्यामरुनका रक्षा मन्त्री जोसेफ बेटी अस्सोमोले उद्दारका लागि हेलिकप्टर खटाइएको जानकारी दिएका छन्।

सन् १९८० को दशकमा नाइजेरियाले कब्जा गरेको सो प्रायद्वीप पछि क्यामरुनलाई हस्तान्तरण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस:

यो पनि हेर्नुहोला: