Nepali News Portal

लिटिल सुपर स्टार–२०१७ को उपाधि सृजा र ओमकुमारलाई

विराटनगर, साउन २
विद्यार्थीमा अन्तरनिहीत प्रतिभालाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएकोे लिटिल सुपर स्टार–२०१७ को उपाधि सृजा शाक्य र ओमकुमार ठाकुरले जितेका छन् । जितसँगै विजेताले नगद ३१ हजार रुपैयाँ र एक वर्षको छात्रवृत्ति तथा तथा विभिन्न अवार्डसमेत पाएका छन् ।

विराटनगरको होटल एसियाटिकमा भएको ग्रान्ड फिनालेमा छात्रातर्फबाट फस्ट रनरअप रुवीकुमारी ठाकुर र सेकेन्ड रनरअप वेदिका केसी भए । त्यसैगरी, छात्रतर्फ आकर्ष साह र सेकेन्ड रनरअप सुधीर साह घोषित भए । उनीहरुले ट्रफिका सथै एक वर्ष निःशुल्क छात्रवृत्ति प्राप्त गरेका छन् ।

दीप भिजन फिल्म एन्ड आर्ट एकेडेमीले आयोजना गरेको लिटिल सुपर स्टार–२०१७ को अन्य उपाधिको अवार्ड पाउनेहरूमा बेस्ट पर्फमेन्स सुधीर शाह, मोस्ट ब्युटिफुल एन्ड मोस्ट हेन्सम सृजा शाक्य र वन्र्स शर्मा, बेस्ट स्माइल स्वस्तिका कर्ण, बेस्ट ट्यालेन्ट स्वातिका भट्ट र रुवीकुमारी ठाकुर, फोटोजेनिक सम्भव श्रेष्ठ, मोस्ट चार्मिङ सृष्टि लामा, बेस्ट फे्रन्डसीप र मिस क्याटवक मेघना गौतम, बेस्ट डिसिसपिलीन चार्वी अग्रवाल र प्रत्युसा विश्वास, मोस्ट कन्फिडेन्ट आध्या गुरागाईं, बेस्ट पर्सनालिटी प्रियल अग्रवाल र विप्लव प्रधान भए भने भिवर्स च्वाइसमा रोहित गौतम र सृजा शाक्य भए ।

लिटील सुपर स्टार–२०१७ को कोरियोग्राफी मोडल मोनिका लिम्बू र सिमरन ठकुरीले गरेका थिए । ग्रान्ड फिनाले निर्णयक मण्डलमा लोकगायक रामचन्द्र काफ्ले, गायिका जुनु रिजाल, भीम बिसी, फिल्म निर्माता कृषा चौलागाईं रहेका थिए ।

कार्यक्रममा विजेतालाई विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र उपमेयर इन्दिरा कार्कीले पुरस्कार वितरण गरेका थिए ।

 

यो पनि हेर्नुहोला: