Nepali News Portal

विराटनगर महानगरमा कार्यपालिका गठनका लागि निर्वाचन सुरु

किशोर विश्वकर्मा
विराटनगर, साउन २
विराटनगर महानगरपालिकाको कार्यपालिका गठनका लागि निर्वाचन सुरु भएको छ । विराटनगरस्थित वीरेन्द्र सभागृहमा कार्यपालिका गठनका लागि निर्वाचन जारी छ ।

२९ सदस्यीय कार्यपालिकामा प्रमुख, उपप्रमुख, वडा अध्यक्ष स्वतः रहन्छन् भने नगर सभाले अन्य ८ जना निर्वाचित गर्ने संवैधानिक व्यवस्था छ । यसअघि निर्वाचित भइसकेका मध्येबाट ५ जना महिला र नगरभित्रका मतदातामध्येबाट ३ जना दलित वा अल्पसंख्यक सदस्य कार्यपालिकामा निर्वाचित हुनेछन् ।

विराटनगरको ९७ जना प्रतिनिधिमध्ये कांग्रेसको ४५, संघीय समाजवादी फोरम नेपालको २७, नेकपा एमालेको १४, माओवादी केन्द्रको ५ र स्वतन्त्रको ६ जना प्रतिनिधि स्थानीय तहको निर्वाचनबाट विजयी भएका छन् ।

कार्यपालिका निर्माणका लागि आवश्यक बहुमत पु¥याउन ४९ आवश्यक पर्ने भए पनि कांग्रेस र माओवादी केन्द्रको गठबन्धनले ५० मतका साथ बहुमत पु¥याएको छ भने एमालेको १४ र संघीय समाजवादीको २७ मत रहेको छ ।

विराटनगर महानगरपालिकाको कार्यपालिकाका लागि कांग्रेस–माओवादी गठबन्धनले संयुक्त, संघीय समाजवादी फोरम र एमालेको छुट्टा–छुट्टै मनोनयन दर्ता भएको थियो ।

यो पनि हेर्नुहोला: