Nepali News Portal

अपांगता भएका व्यक्ति सम्मिलित बैन्डलाई साउन्ड सिस्टम

विराटनगर, साउन २
अपांगता सहयोगी कार्यक्रमअन्तर्गत विराटनगरको एउटा सांगीतिक बैन्डलाई साउन्ड सिस्टम प्रदान गरिएको छ । जिल्ला समन्वय समिति मोरङले विराटनगर–११ मा रहेको सुरुआत बैन्डलाई करिब २० हजार रुपैयाँ बराबरको साउन्ड सिस्टम प्रदान गरेको हो ।

बैन्डमा ९ जना सहभागी छन् । बैन्डका संयोजक २१ वर्षीय राजेश थापा अपांग छन् । उनी ह्वील चेयरको सहारामा आवतजावत गर्ने गरे पनि उनले बैन्डमा रहेर गीत गाउने गरेको उनका बुबा गणेश थापाले बताए ।

डेढ वर्षअघि सो बैन्डको स्थापना भएको हो ।आइतबार एक कार्यक्रमबीच जिल्ला समन्वय समिति अधिकृत लक्ष्मी धिमालले थापालाई साउन्ड सिस्टम हस्तान्तरण गरे । अपांगता भएकाहरूको सीप वृद्धिका लागि जिल्ला समन्वय समितिले सहयोग गर्दै आएको धिमालले बताए ।

यो पनि हेर्नुहोला:
Comments
Loading...