सुनको भाउ स्थिर, चाँदी तोलामा ५ रुपैयाँले बढ्यो

विराटनगर, साउन २
साउनको पहिलो दिन बढेको सुनको भाउ दोस्रो दिन भने स्थिर रहेको छ । आइतबार प्रतितोला ५३ हजार ३ सयबाट २ सय रुपैयाँ बढेर कारोबार सुरु भएको सुनको भाउ महिनाको दोस्रो दिन आज ५३ हजार ५ सय रुपैयाँ नै कायम छ ।

तर, आज चाँदी भने अघिल्लो दिनको ७ सय १५ रुपैयाँ प्रति तोलामा ५ रुपैयाँ बढेर ७ सय २० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस:

यो पनि हेर्नुहोला: