फिल्म ‘ग्याङ्गस्टर’ ब्लूज’को ‘अजम्बरी लाउँला पिरती’ बोलको गीत सार्वजनिक (भिडियो)

काठमाडौं, साउन २
फिल्म ‘ग्याङ्स्टर ब्लूज’को ‘अजम्बरी लाउँला पिरती’ बोलको गीत सार्वजनिक युट्युबमा सार्वजनिक भएको छ । संगीतकार कालीप्रसाद बाँस्कोटाले गीतमा धुन भरेका छन् । गीतमा बाँस्कोटा र गायिका मेलिना राईले स्वर भरेका छन् ।

गीतमा अभिनेता आशिरमान देशराज र अभिनेत्री आना शर्माले रोमान्स गरेका छन् । रोमान्टिक गीतको भिडियो युट्युबमा सार्वजनिक भएको २ दिनमै डेढ लाखभन्दा बढीले हेरिसकेका छन् । फिल्मको केही हप्ताअगाडि मात्रै ट्रेलर सार्वजनिक भएको थियो ।

फिल्म भदौ २ गते प्रदर्शनमा आउने बताइएको छ । फिल्ममा रोजिशा शाही, संयम पुरी, प्रमोद अग्रहरीलगायतले मुख्य भूमिकामा अभिनय गरेका छन् । हेमराज बिसीले निर्देशन गरेको फिल्म सरोज न्यौपानेले बनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस:

यो पनि हेर्नुहोला: