किलिक फेडेररले जिते विम्बल्डन, बनाए कीर्तिमान

एजेन्सी, साउन २
विम्बल्डन टेनिसको उपाधि रोजर फेडेररले हात पारेका छन् । फाइनलमा क्रोएसियाका मार्लिन किलिकलाई पन्छाउँदै स्विट्जरल्यान्डका फेडेररले कीर्तिमानी आठौंपटक विम्बल्डनको उपाधि चुमेका हुन् ।

१९औं ग्रान्डस्लाम उपाधि जित्नेक्रममा फेडेररले किलिकलाई ६–३, ६–१ र ६–४ को सोझो सेटमा हराएका हुन् । यसवर्षका तीनमध्ये दुई ग्रान्डस्लाम उपाधि जितेसँगै फेडेररले सबैभन्दा धेरैपटक विम्बल्डनको उपाधि जित्ने पुरुष खेलाडीको सूचीमा आफ्नो नामसमेत लेखाएका छन् ।

यसअघि यो कीर्तिमान पिट साम्प्रास र विलियम रेन्सले आफ्नो नाममा लेखाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस:

यो पनि हेर्नुहोला: