Nepali News Portal

माई खोलाले बगाएर एकको मृत्यु

झापा, साउन २
झापाको शिवशतासी नगरपालिका–१० दोमुखा स्थित माईधारमा आइतबार माई खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवशतासी नगरपालिका–७ लालपानी बस्ने २९ वर्षीय कमल फुयाँल रहेका छन् ।

अपराह्न ४ बजेतिर साथीहरूसँग खोला तर्नेक्रममा कमललाई उक्त खोलाले बगाएको थियो । बेपत्ता उनको इलाका प्रहरी कार्यालय झिलझिले तथा साथीहरूको सहयोगमा खोजी गर्नेक्रममा बेलुका ७ बजे अन्दाजी ५० मिटर तल मृत अवस्थामा उनलाई फेला पारिएको थियो ।

यो पनि हेर्नुहोला: