Nepali News Portal

प्रधान्यायाधीश रेग्मीले आज राष्ट्रपतिबाट शपथ लिँदै, आजै कार्यभार सम्हाल्ने

काठमाडौं, साउन २
प्रस्तावित प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले आज राष्ट्रपतिबाट पद तथा गोपनियताको शपथ लिँदैछन् ।

राष्ट्रपति निवास शीतल निवासमा प्रधानन्यायाधीश पराजुलीले राष्ट्रपतिबाट शपथ लिएलगत्तै आजै रामशाह पथ पुगेर पदभार पनि सम्हालने कार्यक्रम रहेको सर्वोच्चका प्रवक्ता महेन्द्रनाथ उपाध्ययाले बताए ।

पराजुलीको पदावधि आगामी वर्षको वैशाख १५ गतेसम्म रहने बताइएको छ । तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीले गत जेठ २४ गते उमेर हदका कारण अनिवार्य अवकास पाएकी थिइन् । त्यसपछि पराजुली कायममुकायम प्रधानन्यायाधीश बनेका थिए ।

आइतबार संसदीय सुनुवाई समितिबाट अनुमोदन भएपछि पराजुलीले सोमबार प्रधानन्यायाधीशका रूपमा पदभार ग्रहण गर्न लागेका हुन् ।

यो पनि हेर्नुहोला: