Nepali News Portal

यु– १९ विश्वकप क्रिकेट छनौट : सिंगापुरमाथि नेपालको शानदार जित, सन्दीप बने ‘हिरो’

विराटनगर, साउन २
१९ वर्षमुनिको विश्वकप क्रिकेटको छनौट प्रतियोगिताअन्तर्गत पहिलो खेलमा नेपालले सिंगापुरमाथि ४ विकेटको जित हात पारेको छ । ७४ रनको लक्ष्य पछ्याउनेक्रममा नेपालले १७ ओभर ३ बलमा ६ विकेटको क्षतिमा सो लक्ष्य पार गरेको हो ।

नेपाललाई जिताउन प्रनित थापा मगरले २३ रन, अनिल शाहले १९ रन, रोहितकुमारले पौडेलले ११ रनको योगदा गरे । नेपालका सन्दीप सुनार १ रन साथै आशिफ ४ रन बनाउँदै आउट भए ।

दुवै विकेट आर्यमन सुनिलले लिए । नेपालको तेस्रो विकेट दिपेन्द्र सिंह ऐरी २ रन बनाउँदा आउट भए । उनलाई रोहन रंगराजनले आउट गरेका हुन् । प्रनितलाई अंश भार्गवले आउट गर्दा अनिल शाहलाई आहान गोपीनाथ आचरले पेबेलियनको बाटो देखाए ।

पहिले ब्याटिङ गरेर ७३ रन बनाउँदा सिंगापुर अल आउट भयो । सिंगापुर क्रिकेट क्लबको मैदानमा भएको खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको थियो ।

नेपालका सन्दीप लामिछाने एक्लैले ५ विकेट लिए । र, उनले नेपाललाई जितको बाटो दोहोर्याए । यस्तै, शाहब आलमले ३ र किशोर महतोले २ विकेट लिए । सिंगापुरका ब्रिगु ऐयरले ३९ बलमा ४२ रन बनाए । उनले ६ चौका र एक छक्का हाने ।

नेपालका लागि पहिलो विकेट किशोर महतोले सिंगापुरका रोहन रंगराजनलाई शून्यमै आउट गरे । । सन्दीप लामिछानेले सियन अग्रवाललाई ११ रनमा आउट गरे । सन्दीपले नै सिंगापुरका सिद्धान्तलाई पनि ४ रनमा आउट गर्दा शाहव आलमले युवराज सिंहलाई २ रनमा बाटो देखाए ।

सन्दीप लामिछानेले हन्सुल दीपलाई १ रन रआर्यमन सुनिललाई शून्यमै बाटो देखाए । सन्दीपले नै जनक प्रकाशलाई पनि शून्यमै आउट गरेर आफ्नो पाँचौ विकेट लिए ।

शाहब आलमले विक्रम वीर विश्वारेलाई ३ रन र आहान गोपीनाथ आचरलाई २ रनमा आउट गरे । अन्तिम विकेट किशोर महतोले लिए । उनले ४२ रन बनाएका ब्रिगु ऐयरलाई निराश पारे ।

यो पनि हेर्नुहोला:
Comments
Loading...