Nepali News Portal

यु–१९ विश्वकप छनौट : सन्दीप चम्किएपछि सिंगापुर ७३ रनमै समेटियो, नेपालले पायो ७४ रनको लक्ष्य

विराटनगर, साउन २
यु–१९ विश्वकप छनौट क्रिकेट खेलमा पहिले ब्याटिङ गरेको घरेलु टोली सिंगापुरले झिनो योगफल बनाएको छ । उसले नेपाललाई जम्मा ७४ रनको मात्रै लक्ष्य दिएको छ ।

सिंगापुरको पादाङमा भइरहेको खेलमा टस जितेर नेपालले फिल्डिङ रोजेको थियो । खेलमा किशोरी महतोले पहिलो विकेट लिएर प्राम्भिक चरणमै सिंगापुरका ब्याट्सम्यानमाथि धावा बोलेका थिए ।

गजबको कुरा यो भयो कि, पहिलो इनिङमा नेपालका कप्तान सन्दीप लामिछाने एक्लैले ५ विकेट चड्काए । ८ ओभर बलिङ गरेका उनले दुई मेडन बनाउँदै जम्मा मात्र २१ रन मात्रै खर्चे ।

त्यसैगरी, खेलमा नेपालका शाहब आलमले २ र महतोले २ विकेट लिए । नेपालले पहिलो इनिङकै गतिमा खेल खेल सिंगापुरमाथि शानदार जित हात पार्ने निश्चित छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...