एएफसी यु–२३ च्याम्पियनसीप : आज नेपाल र उज्वेकिस्तान भिड्दै

विराटनगर, साउन २
एएफसी यु–२३ च्याम्पियनसीप छनौट चरणअन्तर्गत नेपालले आज दोस्रो खेल खेल्दैछ । पहिलो खेलमा आयोजक संयुक्त अरब इमिरेट्स (युएई)सँग लज्जास्पद हार व्यहोरेको नेपालले आफ्नो दोस्रो खेल उज्वेकिस्तानसँग खेल्न लागेको हो ।

खेल युएईको अल अइनस्थित ताहानोनविन मोहम्मद स्टेडियममा नेपाली समयअनुसार आज राति ८ः१० बजेदेखि सुरु हुनेछ । युएईसँग पहिलो खेल गुमाएको नेपाललाई आज दोस्रो खेल जित्नैपर्ने दबाब रहेको छ ।

शनिबार भएको पहिलो खेलमा युइर्एसँगको ५–० गोलको फराकिलो अन्तरको हारले नेपालको छनोट हुने सम्भावना ज्यादै न्यून रहेको छ । नेपालले आफ्नो छनोटको सम्भावना कायम राख्न उज्वेकिस्तानसँगै बुधबार हुने लेबनानसँगको खेलमा ठूलो अन्तरको जित हाँसिल गर्नुपर्ने बाध्यता रहेको छ ।

जारी प्रतियोगितामा एक खेल खेलेको नेपाल अंकविहीन छ भने समान खेल खेलेको उज्वेकिस्तानले जित हाँसिल गर्दै ३ अंक जोडेको छ । शनिबारै भएको खेलमा उज्वेकिस्तानले लेबनानलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस:

यो पनि हेर्नुहोला: