Nepali News Portal

राजनीतिक संकट आउने बाबुराम र उपेन्द्रकोे चेतावनी

काठमाडौ, साउन १
संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालले राजनीतिक संकट आउन सक्ने चेतावनी दिएका छन् । यी दुई पार्टीले संसदमा टेबुल गरिएको संविधान संशोधनको विषयलाई आवश्यक परिमार्जनसहित अगाडि नबढे राजनीतिक संकट आउने चेतावनी दिएका हुन् ।

नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवद्वारा हस्ताक्षरित आजको सो संयुक्त विज्ञप्तिमा जनताको लामो संघर्षबाट प्राप्त उपलब्धिहरु ‘उल्टाउन लागिएको’ भनिएको छ । ‘संघीय प्रणालीमा राज्य प्रवेश गरिसकेको वर्तमान अवस्थामा फेरी संघीयता व्यवस्थापिका संसदको निर्वाचन पुरानै २४० स्थानको आधारमा गर्ने आशयका वार्ताहरुले संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै प्रतिकूल प्रभाव पार्ने’ विज्ञप्तिमा उल्लेख छ ।

तत्कालै निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरी संसद र प्रादेशिक निर्वाचन क्षेत्र निर्धारण कार्य सुरु गर्न पनि फोरम नेपाल र नयाँ शक्तिले विज्ञप्तीमार्फत माग गरेका छन् ।

दोस्रो चरणको स्थानीय तह निर्वाचनमा फोरम नेपाल र नयाँ शक्तिले गठबन्धन बनाएर चुनाव लडेका थिए । यी दुई पार्टीबिच एकता हुनेसमेत चर्चा छ ।

यो पनि हेर्नुहोला: