लागुऔषधसहित १४ बर्षीय बालक पक्राउ

काठमाडौं, साउन १
१४ बर्षीय बालक लागुऔषधसहित नवलपरासीको कावासोतीमा पक्राउ परेका छन् । चितवनको भरतपुर उप महानगरपालिका–९ निवासी अर्जुन लामालाई आईतबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनको साथबाट नाइट्रोसन एक सय पत्ता, फेनेर्गन १० पत्ता, सेर्याक १० पत्ता, टाईग्यासिल नामक औषधि १० पत्ता र सिरिन्ज ४ ओटा बरामद भएको प्रहरीले जनाएको छ । ना ४ ख ५५४५ नम्बरको बसमा नारायणगढतर्फ जाँदै बालक लामालाई चेकजाँच गर्दा उनको साथमा सो परिणामको लागुऔषध फेला परेको थियो ।

बालकलाई प्रहरी संरक्षणमा राखेर अनुसन्धान थालिएको छ । उनलाई लागुऔषध कारोबारीहरुले ओसारपोसारमा प्रयोग गरेको हुनसक्ने प्रहरीको अनुमान छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस:

यो पनि हेर्नुहोला: