दक्षिण कोरियामा कामदारको तलब १६.४ ले प्रतिशत वृद्धि

दक्षिण कोरिया, साउन १
दक्षिण कोरियामा २०१८ का लागि इपिएसलगायत सम्पूर्ण कामदारको तलब १६.४ प्रतिशतले वृद्धि हुने भएको छ । शनिबार बसेको ज्याला निर्धारण समितिको बैठकले कामदारहरुको तलब वृद्धि गर्ने निर्णय गरेको हो ।

तलब वृद्धि भएसँगै कामदाहरुको प्रतिघण्टा ज्याला ७५३० कोरियन वोन अर्थात नेपाली झण्डै ६८३ रुपैयाँ पुगेको छ । जस अनुसार दैनिक आठ घण्टा काम गर्दा न्यूनतम मासिक तलब १५ लाख ७३ हजार ७ सय ७० वोन अर्थात १ लाख ४२ हजार ७ सय ४७ रुपैया हुन्छ ।

बर्षेनी तलब वृद्धि गर्ने समयसीमा भन्दा यो बर्ष निकै ढिला गरेर मजदुर र कम्पनी व्यवस्थापन पक्षबिच तलब वृद्धि गर्ने सहमति भएको हो । यो वृद्धि गत बर्षको भन्दा दोब्बर हो । गत बर्ष ७ प्रतिशत मात्र तलब वृद्धि भएको थियो ।

सन् २०१८ का लागि तलब तोक्न तीन महिनादेखि मजदुर संगठन, कम्पनी व्यवस्थापन र सरकारी प्रतिनिधिबिच बैठक बस्दै आएको थियो ।

साना तथा मझौला कम्पनीहरु आर्थिक भारमा पर्ने र बन्द गर्नुपर्ने अवस्थामा पुग्ने भन्दै कम्पनी व्यवस्थापन तलब बढाउने पक्षमा थिएन । मजदुर संगठनहरुले भने जीवनशैली र मंहगीका कारण प्रतिघण्टा तलब १० हजार वोन बनाउनुपर्ने माग राखेका थिए ।

प्रतिक्रिया दिनुहोस:

यो पनि हेर्नुहोला: