नृत्य निर्देशक झाको उपचारनिम्ति समिति, एकैदिनमा ४५ हजार संकलन

किशोर विश्वकर्मा
विराटनगर, साउन १
लामो समयदेखि बिरामी परेका नृत्य निर्देशक तथा संस्कृतिकर्मी कामेश्वर झाको उपचारमा सहयोग पुर्याउने उद्देश्यले आर्थिक समिति गठन भएको छ । लोकचन्द्र श्रेष्ठको संयोजत्वमा आर्थिक समिति गठन भएको हो ।

समितिको सदस्यमा राजेन्द्र भगत, विमल नेपाल, भुवन श्रेष्ठ, सागर साह, सन्तोष गौतम, राजु सेमा, हिना झालगायत रहेका छन् । समितिको सल्लाहकारमा केशव रायमाझी रहेका छन् । गठित समितिले अर्थ संकलन गरी कलाकार झाको उपचारमा खर्च गर्ने सल्लाहकार रायमाझीले जानकारी दिए ।

उनका अनुसार समिति गठन भएलगत्तै ४५ हजार रुपैयाँ संकलन भएको छ । झा प्यारालाइसेस भएपछि घरमै थला परेका छन् । आर्थिक अभावका कारण उपचार हुन नसकेपछि मोरङ, झापा र सुनसरीका कलाकार संगठित भएर झाको उपचारनिम्ति अभियानमा लागिपरेका छन् ।

झाबाट प्रशिक्षण लिएकामध्ये केही कलाकार चर्चित छन् । निर्देशक तथा अभिनेत्री दीपा श्री निरौला, कलाकार शिव श्रेष्ठ, केशव रायमाझी, राजेन्द्र भगत झाबाट प्रशिक्षित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस:

यो पनि हेर्नुहोला: