सडकको ढलमा डुबेर मुस्किलले बाचेकी यी बालिका को हुन् ? हेर्नुस भिडियो सहित

एजेन्सी, साउन १
हालै मात्र काठमाडौँमा बितेको एउटा सनसनी घटनाको भिडियो सामाजिक संजालमा अत्यन्तै भाइरल भैरहेको छ । काठमाडौंको व्यस्त सडक सामाखुसीमा हिँड्दाहिँडदै ढलमा डुबेर केहीबेर गायब भएकी बालिकाको परिचय खुलेको छ ।

स्कुलबाट फर्कँदै गर्दा सामाखुसी चोकमा ढलका लागि खनिएको खाडलमा लड्न पुगी उक्त गहिरो खाल्डो भित्र बगेकी स्कुले बालिका हुन्, सत्या सापकोटा । गुल्मी घर भएकी सापकोटा परिवारको साथमा सामाखुसीमा बस्दै आएकी छिन् । उनी बृहस्पति विद्या सदनमा कक्षा ९ कक्षामा पढ्छिन् ।

शुक्रबार स्कूलबाट फर्कँदै गर्दा उनी सामाखुसी चोकमा ढलमा डुबेकी थिइन् । पानी नै पानीले भरिएको बाटोमा उनले उक्त स्थानमा ढल होला भनेर अनुमान लगाउन सकिनन् । डुब्नासाथ चिच्याउँदा चिच्याउँदै बगेकी उनलाई केही तलबाट उद्दार गरिएको थियो । उनको भिडियो संयोगले सुशीला मगरले घर माथिबाट कैद गरेकी थिइन् । जुन केहीबेरमै सामाजिक सञ्जालमा भाइरल बन्यो ।

ढलमा डुबेर बगेपछि तनावमा रहेकी सत्या शनिबार तनावमुक्त हुन चन्द्रागिरी घुम्न पुगेकी थिइन् । नेपालको राजधानी भएपनि गर्मिमा धुलो र मनसुनमा हिलो र पानीले गर्दा अस्तब्यस्त सडक र अब्यबस्थित ढलले गर्दा राजधानीबासीहरुलाई पटक-पटक सास्ती बेहोर्नु परिरहेको छ । ठूलो दुर्घटनामा परेर बाँचेकी सत्या कसरी डुबेकी थिइन्, हेर्नुस भिडियोः

नेपाल को राजधानी काठमाण्डौ को हालत बिचरी यि स्कुलबाट फर्कदै गरेकि सानी नानी सामाखुसी चोक मा नै अस्तो हालत अन्त को के कुरा साला नालायक यो देश को नेता हरु यी सानी नानी को गु खाVideo by dear sis Sucila Magarthank you for video sucila

Posted by Sharan Magar Ale on Friday, July 14, 2017

 

प्रतिक्रिया दिनुहोस:

यो पनि हेर्नुहोला: