मोर्डन एरामा नयाँ विद्यार्थीलाई अभिमुखिकरण

अभिमुखीकरण कार्यक्रममा सहभागी विद्यार्थीहरु । तस्विर : किशोर/कोशी अनलाईन ।

किशोर विश्वकर्मा
विराटनगर, असार ३१
विराटनगरको मोर्डन एरा कलेजले नयाँ विद्यार्थीहरुका लागि एक दिने अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ । कलेजले नयाँ शैक्षिक सत्रमा भर्ना विद्यार्थीहरुका लागि शनिवार अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो ।

विद्यार्थीहरुलाई कसरी अध्ययन गर्दा उत्कृष्ट नतिजा ल्याउन सकिन्छ भन्नेदेखि कलेजको जानकारी र नियमकोबारेमा पनि अभिमुखिकरण गरिएको कलेजका संस्थापक निर्देशक इन्द्र राईले जानकारी दिए । राईले भिन्न र बिशेष किसिमले अभिमुखिकरण कार्यक्रम गरिएकाले प्रभावकारी हुने दाबी गरे ।

कार्यक्रममा विद्यार्थीहरुले गीत, कवितालगायतका आफुमा भएको प्रतिभासमेत प्रस्तुत गरेका थिए । कार्यक्रममा कलेजका काअर्डिनेटर ठाकुरसिंह भण्डारी, अध्यक्ष रामकुमार श्रेष्ठ, प्रिन्सिपल राम घिमरेलायतले विद्यार्थीहरुलाई सहजीकरण गरेका थिए ।

व्यवस्थापन र शिक्षा संकायमा पठनपाठन हुँदै आएको कलेजमा नयाँ शैक्षिक सत्रका लागि तीन सय बढी विद्यार्थी भर्ना भएका छन् ।

प्रतिक्रिया दिनुहोस:

यो पनि हेर्नुहोला: