Nepali News Portal

विराटनगरमा साउन १ देखि प्रविन खतिवडाको ‘लखन पटवारी’ नाटक मञ्चन हुदै

कोशी अनलाइन
नाटक पारखीहरुका लागि विराटनगरको आरोहण गुरुकुलको सुशिला कोइराला नाटक घरमा ‘लखन पटवारी’ नाटक मञ्चन हुदै छ। प्रविन खतिवडाको लेखन तथा निर्देशनमा तयार परिएको उक्त नाटक यहि साउन १ गते देखि १५ गतेसम्म मञ्चन हुने भएको छ।

केहि समय अघि इलाममा सम्पन्न रास्ट्रिय नाटक महोत्सवमा मञ्चन गरिएको नाटक ‘लखन पटवारी’ हरेक साँझ पाँच बजे देखि मञ्चन हुनेछ भने सो नाटकको टिकट डर २००, ३०० र ५०० रखिएको छ। नाटक हेर्न आउने विद्यार्थीका लागि भने ५० प्रतिशत छुटको व्यवस्था गरिएको आयोजकले जानकारी दिएका छन्।

यो पनि हेर्नुहोला:
Comments
Loading...