Nepali News Portal

थाहा पाउनुहोस चर्चित नेपाली नायिकाहरुको तौल । (भिडियो सहित)

एजेन्सी, असार ३०

नेपाली चर्चित नायिकाहरुको तौल कति ?  यो नेपाली दर्शकहरुलाई चासोको विषय पनि हो । महिलाहरु प्राय आफ्नो उमेर र तौल भन्न त्यति रुचाउदैनन् , तर यहि रमाइलो प्रस्तुति फर्ची नेटवर्क डटकमले  केहि चर्चित नेपाली नायिकाहरुको तौल सार्वजानिक गरेको छ जुन यहाँ प्रस्तुत गरिएको छ ।

केकी अधिकारि

भर्खरै दुई महिना अमेरिका बसेर आएकी नायिका केकी अधिकारीको तौल अमेरिका बसाइले बढाएको थियो । तर, नेपाल आउने बितिक्कै योगा तथा फिटनेस  गरेर ऐले आफ्नो तौल ५० के.जी बनाएकी छिन ।

प्रियंका कार्की

अहिलेकी चर्चित नायिका प्रियंका कार्कीको तौल ५० के. जी छ । अरु नायिका भन्दा अग्ली प्रियंकाको यो तौल उनकोलागी सुहाउदो छ । प्रियंका आफ्नो फिटनेस तथा खानपिनमा निकै ध्यान दिन्छिन ।

नम्रता श्रेष्ठ

नम्रता श्रेष्ठको तौल ४४ के.जी मात्र छ । यो उनको केहि अगाडिको समयको तौल हो । तर उनको तौल अहिलेपनि त्यति नै रहेको उनले बताएकीछिन ।

रेखा थापा

नेपालकी चर्चित नायीका रेखा थापा खासै स्लिम पनि छैनन् र मोटी पनि छैनन्  । उनि फिटनेस मेन्टेन पनि खासै गर्दिनन । नायिका रेखा थापाको तौल ५७ के. जी छ ।

निशा अधिकारी

हिमाल आरोहण रुचिको विषय रहेकी नायिका निशा अधिकारी आफ्नो सुन्दरता र फिजिकल फिटनेसमा निकै ध्यान दिन्छिन । उनको तौल भने ५० के. जी छ ।  उनले सगरमाथाको सफल आरोहण गरिसकेकी छिन ।

निता ढुंगाना

नायिका निता ढुंगाना आफ्नो फिटनेसमा विशेष ध्यान दिने गर्छिन । फिटनेस रहन उनि विहान एक घण्टा जस्तो नृत्य गर्छिन । उनले आफ्नो तौल ४७ रहेको बताएकीछिन ।

भिडियो हेर्नुहोस:

स्रोत : क्यानाडा नेपालको सहयोगमा

यो पनि हेर्नुहोला:
Comments
Loading...