Nepali News Portal

कोरिया पुगेको दुई महिनामै मृत्यु

काठमाडौ, असार २८
दुई महिनाअघि मात्र कोरिया पुगेका एक युवकको बुधवार बिहान मृत्यु भएको छ । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरिया पुगेका स्याङ्जा, वालिङका रामचन्द्र पंगेनीको मृत्यु भएको हो । उनी कोरियाको जेजुस्थित तबेलामा कार्यरत थिए ।

पंगेनीको मृत्यु भएको जानकारी जेजु प्रहरीले राजधानी सोलस्थित नेपाली दुतावासलाई दिएको छ । दुतावासका अनुसार उनको मृत्युका बिषयमा बिहिवार दुतावासका अधिकारी घटनास्थल पुगेपछि थाहा हुनेछ ।

पंगेनीको मृत्यु भएको जानकारी दूतावासले नेपालमा रहेका उनका परिवारलाई पनि दिएको छ । कृषि क्षेत्र अन्तर्गतको घोडा हेर्ने तबेलामा अन्य एक नेपाली पनि कार्यरत रहेको बुझिएको छ ।
कोरियामा पछिल्लो समय आत्महत्या, कार्यस्थल दुर्घटना, सडक दुर्घटना, सुतेको अवस्थामा ज्यान गुमाउने नेपालीको संख्या बढिरहेको छ ।

सन २००८ यता विभिन्न घटनामा परी एक सय २० भन्दा बढी नेपालीले कोरियामा ज्यान गुमाइसकेका छन् । औद्योगिक दुर्घटनामा परेका सयौ अंगभंग छन् ।

 

यो पनि हेर्नुहोला: