Nepali News Portal

सिड्नीमा मोटरसाइकल दुर्घटनामा परी २१ वर्षीय नेपाली विद्यार्थीको मृत्यु

सिड्नी, असार २५
अस्ट्रेलियाको सिड्नीमा सडक दुर्घटना हुँदा २१ वर्षीय एक नेपाली विद्यार्थीको ज्यान गएको छ । मृत्यु हुनेमा दाङ तुल्सीपुरका सुसन थापा रहेका छन् ।

उनी सिड्नीको सेन्ट्रल क्युन्सल्यान्ड युनिभर्सिटीमा ब्याचलर अफ् इन्फरमेसन टेक्नोलोजी पढ्दै आइरहेकाथिए । मोटरसाइकल दुर्घटनामा उनेका ज्यान गएको हो ।

तीन वर्षअघि स्टुडेन्ट भिषामा सिड्नी आएका थापा गत मंगलबार आफूले काम गर्ने स्थानबाट घर फर्किरहेको बेला मोटरसाईकल दुर्घटनामा परेको उनका नजिकका साथी सन्तोष भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार मृतक थापाले चलाइरहेको मोटरसाईकललाई ट्याक्सीले ठक्कर दिएको थियो ।

ट्याक्सीले ठक्कर दिएपछि भुइँमा बजारिएका उनलाई पछाडिबाट आइरहेको भ्यानले किचेछि गम्भीर घाइते भएका थिए । लगत्तै उपचारनिम्ति अस्पताल लगिएकोमा उनको उपचारक्रममै मृत्यु भएको बताइएको छ ।

थापाको शवलाई अहिले यहाँस्थित कोरोनरको कार्यालमा राखिएको छ । परिवारका जेठा छोरा सुसनका आमाबुबा र भाइ नेपालमै छन् ।

यो पनि हेर्नुहोला: