भदौबाट विश्वभर ‘फिक्का’, नेपालमा मंसिर १ देखि

कोशी अनलाईन
विराटनगर, असार २५
रंग हराएको चिज कस्तो होला ? जवाफ एउटै हुन्छ, ‘फिक्का’ । फिका चिज कुनै राम्रो होला ? सायदै ! अझ जीवन त . . .  भो, नसोचौं ।

चाहाना सबैको रंगीन जीवनकै हुन्छ । तर सोंचे जस्तो हुँदैन । कति जीवन फिक्का हुन्छ, अनि सायद नरमाईलो पनि । हो, त्यही फिक्का जीवन कस्तो होला ? थाहा पाउन विदेशमा भदौ र नेपालमा मंसिर १ सम्म पर्खनु पर्छ ।

रंग हराएको जीवनलाई युवा निर्देशक जनक खड्काले पर्दामा उतारेका छन् । फिक्काको कथा, पटकथा र संवाद रीता खाती सुनारले लेखेकी हुन् । भने गीतमा चेतन सापकोटा, म्याक्टेन कालु र रीता खाती सुनारको शब्द छ ।

फिक्कामा राष्ट्रिय खेलाडी तथा सञ्चारकर्मी दुर्गाराज पाण्डे तथा जापानी एनआरएन अजय सुनारले डेब्यु गरेका छन् ।

यसका साथै मोडल सर्मिला नेपाल, सञ्चारकर्मी राधिका घिमिरे, ईश्वरी बराल, म्याक्टेन कालु, पैसा घिमीरेलगायतले आफ्नो अभिनयमार्फत रंग हराएको जीवनको कथालाई फिल्ममा जीवन्त तुल्याउने प्रयास गरेका छन् ।

देउराली ईन्टरनेशनल र ट्रिक मिडियाको संयुक्त ब्यानरमा निर्माण भईरहेको चलचित्रको ९० प्रतिशत काम पुरा भएको छ । चलचित्रले व्यवसायिक बिषय भन्दा पनि नेपाली समाजको वास्तविकता प्रस्तुत गर्ने निर्देशक खड्काले बताए ।

चलचित्रमा सन्तोष सुनारको छायांकन, सुवोध श्रेष्ठको सम्पादन, अमित श्रेष्ठको पाश्र्व संगीत रहेको छ । सबै पक्षबाट उत्तिकै मेहनेत गरिएको दाबी गर्ने निर्माण पक्ष चलचित्रले दर्शकको मन जित्नेमा ढुक्क छ ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW