Nepali News Portal

नेपाली अल्ट्रा धावकको अमेरिकामा हिमाल आरोहणक्रममा ज्यान गयो

अमेरिका, असार ४
अल्ट्रा धावक तथा हिमाल आरोही सनजय पण्डितले अमेरिकामा ज्यान गुमाएका छन् । प्युठान घर भएका पण्डितले अमेरिकाको अलास्काको डेनाली माउन्ट आरोहण गर्नेक्रममा ज्यान गुमाएका हुन् । हाई अल्टच्युडका कारण उनको मृत्यु भएको हुन सक्ने अनुमान त्यहाँस्थित नेपाली दूतावासले गरेको छ ।

अलास्का राज्यको डेनाली नेसनलपार्कस्थित उक्त हिमाल चढ्नेक्रममा पण्डितको शुक्रबार ज्यान गएको बताइएको छ । उनले सगरमाथासहित नेपालका आधा दर्जनभन्दा बढी हिमालको सफल आरोहण गरेका छन् । ६ हजार १ सय ९० मिटर अग्लो हिमाल चढ्ननेक्रममा उनको ज्यान गएको हो ।

खराब मौसमका कारण उनको सव ल्याउन कठिन भएको दूतावासले जनाएको छ ।

यो पनि हेर्नुहोला: