Nepali News Portal

कोरियामा घर फर्किन टिकटसमेत लिइसकेका युवकले बाथरुममा झुन्डिएर गरे आत्महत्या

सोल, जेठ ३०
रोजगारीक्रममा कोरिया आएका एक नेपालीले झुन्डिएर आत्महत्या गरेका छन् । तत्काल नाम नखुलाइएका २२ वर्षीय ती युवकले आफ्नै कम्पनी परिसरमा झुन्डिएर आत्महत्य गरेका हुन् ।

कोरियाको थेगु सहरस्थित एक कम्पनीमा कार्यरत दोलखाका ती युवक सोमबार राति आफ्नै कम्पनीको बाथरुममा झुन्डिएको अवस्थामा फेला परेको सँगै काम गर्ने साथीले बताएका छन् ।

उक्त कम्पनीमा काम गर्ने अन्य नेपाली कामदारका अनुसार ती युवक वर्षदिनअघि कोरिया आएका थिए । उनले शारीरिक अस्वस्थताका कारण औषधिसमेत सेवन गर्दै आएको बताइएको छ ।

पछिल्लो समयमा डिप्रेसन फसेका उनलाई साथीभाइले सल्लाह दिएर घर पठाउन लागेका थिए । उनको आउँदो शुक्रबार नेपाल फर्किनका लागि हवाई टिकटसमेत लिएको बताइएको छ ।

सोलस्थित नेपाली दूतावासाले घटनाको अनौपचारिक जानकारी आएको जनाएको छ ।

यो पनि हेर्नुहोला: