Nepali News Portal

भगवान् मन्दिरका टुँडालमा छन्

 

-भाष्कर काजी
भगवान् मन्दिरका टुँडालमा छन्
त्यसैले त उनी सधैं सबालमा छन् ।

आज पनि हुँदैन भाइ तिम्रो काम
सुन्छु कर्मचारीहरु हड्तालमा छन् ।

समाज सुधार्छु भन्ने गर्थे मेरा बा
परिणाम ! ऐले अस्पतालमा छन् ।

आफ्नै महलमा बस्छन् लुटेराहरु
विद्वानहरु वर्षौंदेखि बहालमा छन् ।

बूढा बा चर्को घाममा खेत जोत्दैछन्
जवान छोराहरु जुवाको खालमा छन् ।

***

यो पनि हेर्नुहोला:
Comments
Loading...